जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैंकका कर्मचारीलाई अब प्रहरीले नरोक्ने

बैंकका कर्मचारीलाई अब प्रहरीले नरोक्ने

कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले नरोक्ने भएको छ । बिहीबारदेखि जारी निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जान/आउन दिने आदेश भएको थियो ।

तर बिहीबार बिहानै प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेपछि बैंकहरु आक्रोशित बनेका थिए । प्रहरीले दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बैंकका शाखा कार्यालयहरु नै बिहीबार नखोल्न भनेको थियो । अब भने प्रहरीले बैंकको परिचयपत्र देखाएपछि नरोक्ने बताएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले कार्यालय हिँडेका कर्मचारीलाई नरोक्न आदेश आएको जानकारी दिए । माथिबाटै अब नरोक्ने सर्कुलर आएकाले अब बैंकका कर्मचारीहरुलाई नरोकिने उनले बताए ।

उता नेपाल बैंकर्स संघले भने अहिले नै विश्वास गरी हाल्न अप्ठेरो परेको बताएको छ । हिजो पनि नरोक्ने भनेको तर आज रोकिएको भन्दै बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले लिखित रुपमै आए सजिलो हुने बताए ।

8005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका