जोडिनुहोस
सोमवार, पुस २८, २०८२
सोमवार, पुस २८, २०८२
  • होमपेज
  • नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’, स्थिर ब्याजदरमा सुलभ कर्जा

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’, स्थिर ब्याजदरमा सुलभ कर्जा

नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ। यो योजनाअन्तर्गत बैंकले २० वर्षसम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ।

यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ। जसमा ७ वर्षका लागि प्रतिवर्ष १०.९९ प्रतिशत र १० वर्षका लागि प्रतिवर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ।

नबिल बैंकका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरु हरेक महिना तिर्नुपर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन्। यस कुरालाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा’ ल्याएका छौँ।’

यस योजनाअन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन सक्ने श्रेष्ठले बताइन्।

नबिलको यो योजनाले ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज हुनेछ। बैंकका अनुसार नबिल ढुक्क घर कर्जाले पहिलोपटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन्।

यो योजनाले २ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गर्नेछ। यस घर कर्जा सुविधा लिनका लागि सेवाग्राहीले नजिकैको नबिल बैंकको शाखामा सम्पर्क गर्न सक्नेछन्।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। नबिलले २० लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिको २६५ शाखा  र २९८ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेलेको छ।

2380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका