जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआईएमबीले घोषणा गर्‍यो ‘भिसा स्पेन्ड एन्ड विन दशैं क्याम्पेन’ विजेता

एनआईएमबीले घोषणा गर्‍यो ‘भिसा स्पेन्ड एन्ड विन दशैं क्याम्पेन’ विजेता

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले ‘भिसा स्पेन्ड एन्ड विन दशैं क्याम्पेन’ अन्तर्गतका विजेता घोषणा गरेको छ ।

यो कार्यक्रम चाडपर्वका अवसरमा १७ सेप्टेम्बरदेखि ३१ अक्टोबर २०२४ सम्म भिसा कार्ड प्रयोग गरी कारोबार गर्ने ग्राहकलाई पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो ।

यो कार्यक्रम अन्तर्गत नेपालभरिका २५ विजेतामध्ये ६ जना एनआईएमबीका ग्राहक विजयी भएका छन् । कुल विजेताको २४ प्रतिशत एनआईएमबीका ग्राहक रहेको तथ्यले नेपालमा डिजिटल कारोबार प्रवद्र्धनमा बैंकको योगदानलाई स्पष्ट पारेको बैंकले जनाएको छ ।

एनआईएमबीका विजेतामा मनोजमोहन प्रधान, निशेष ढुंगाना, बिना चलिसे, टिकाराम शर्मा, सरोजप्रसाद प्रधान र मिना कार्की छन् ।

चाडपर्वका अवसरमा बैंकले नेपालमा भिसा डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याएको थियो । यस अभियान अन्तर्गत विजेतालाई दुई जनाका लागि अन्तर्राष्ट्रिय गन्तव्यको विशेष राउन्ड ट्रिप हवाई टिकट प्रदान गरिने बैंकले जनाएको छ ।

1770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका