जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सीइओहरुलाई अर्थमन्त्रीको प्रश्न–‘डिफल्टरलाई यति साह्रो किन पेलेको ?’

सीइओहरुलाई अर्थमन्त्रीको प्रश्न–‘डिफल्टरलाई यति साह्रो किन पेलेको ?’

अर्थमन्त्री डा. प्रकाशशरण महतले वाणिज्य बैंकहरुका सीइओहरुलाई कुनै पनि लोन डिफल्ट हुनेबित्तिकै ऋणिलाई किन धेरै पेलेको भनेर प्रश्न गरेका छन् । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव अर्जुनप्रसाद पोखरेलसमेत सहभागी छलफलमा अर्थमन्त्री डा. महतले यस्तो प्रश्न गरेका हुन् ।

‘कुनै ऋणि डिफल्ट हुनेबित्तिकै तपाईहरुले निर्मम ढंगले पेल्नुहुन्छ भन्ने गुनासो बारम्बार आइरहेका छन् । किन यस्तो भइरहेको छ?’ उनले प्रश्न गर्दै भने–‘तपाईहरुले यसलाई स्लोडाउन गर्नुपर्छ ।’ उनले छलफलको सुरुवातमै क्रेडिट डिमाण्ड किन घटेको भनेर समेत बैंकरहरुलाई सोधेका थिए । क्रेडिटको डिमाण्ड बढाउन सरकारले के सहयोग गर्नुपर्छ, त्यो पनि भन्न उनले आग्रह गरेका थिए ।

अर्थमन्त्री महतले पहुँच कम भएकाहरुले बैंकबाट लोन पाउन नसकेका गुनासाहरु आइरहेका भन्दै यसमा समेत बैंकरको प्रतिक्रिया मागेका थिए ।

बैंकरहरुलाई आर्थिक क्रियाकलाप बढाउने गरी काम गर्न केन्द्रीय बैंकले के गर्नुपर्छ र उसका कुन–कुन नीति परिवर्तन गर्नुपर्छ त्यो पनि प्रष्ट भन्न आग्रह गरेका थिए ।  अर्थमन्त्रीको कुरा सुनेपछि बैंकर्स संघ(एनबीए)का अध्यक्ष सुनिल केसीले सुरुमा कुरा राखेका थिए । त्यसपछि केही सिनियर सीइओहरुले आफ्ना समस्या र सुझावहरु राखेका थिए ।

सो क्रममा बैंकरहरुले मुद्दति र बचतको ब्याजदर अन्तर निश्चित प्रतिशतमा रहेको र संस्थागत तथा सामान्य बचतको ब्याजदरको अन्तर पनि २ प्रतिशत रहेको उल्लेख गर्दै कतिपय कर्पोरेट डिपोजिट जोगाउन ब्याजदर बढाउनुपर्ने अवस्था रहेको र यसले बैंकहरुको कष्ट अफ फण्डको व्यवस्थापन पनि चुनौतिपूर्ण बनेको गुनासो राखेका थिए ।  कतिपय बैंकले स्थानीय निकायको फण्डलाई निक्षेपमा गणना गर्न पाइने व्यवस्था साउनदेखि हटेकोमा असन्तुष्टि व्यक्त गर्दै त्यसलाई पुनः कार्यान्वयनमा ल्याइनुपर्ने माग राखेका थिए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकका सीइओले बैंकिङ सचेतनाका लागि राज्यले प्रष्ट नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका थिए। केही सीइओहरुले नीतिगत कडाईका कारण खराब कर्जा ह्वात्तै बढेको उल्लेख गर्दै त्यसमा केही नरम नीतिको माग राखेका थिए । प्रवाह भएको ऋण रिकभरिमा समस्या भएको, बैंकरहरु असुरक्षित ढंगले काम गर्नुपर्ने अवस्थामा रहेका लगायतका समस्या पनि केहीले उठाएका थिए ।  कतिपय बैंकले भने टाइट पूँजीकोषका कारण व्यवसाय विस्तारमा समस्या भएकाले त्यसमा सहजीकरण गरिदिनुपर्ने माग पनि उठाएका थिए ।

अर्थमन्त्रीसँग बैंकरहरुको करिब डेढघण्टा छलफल चलेको थियो। सो क्रममा अर्थसचिव पोखरेलले प्रत्येक बैंकका सीइओहरुलाई सम्बोधन गर्दै कुनै समस्या भए, कुनै गुनासो भए जुनसुकै बेला आफ्नो ढोका खुल्लै रहेको बताएका थिए । ‘तपाईहरुले जुनसुकै बेला आफ्ना गुनासा, समस्या लिएर मेरो अफिसमा आउन सक्नुहुन्छ । तपाई प्रत्येकका समस्या म इन्डीभिज्वल्ली पनि सुन्न र सम्बोधन गर्न तयार छु ।’ उनले भनेका थिए ।

अर्थमन्त्रालयमा आज साँझ साढे ५ बजेदेखि बैंकका सीइओहरुसँग भेटघाट हुनुअघि डा. महतले नेपाल बैंकर्स संघ(एनबीए)का अध्यक्ष सुनिल केसीसँग छुट्टै छलफल गरेका थिए । सो क्रममा उनले ब्याजदरको विषयमा चासो राखेका अर्थमन्त्रालयस्थित स्रोतले जानकारी दियो ।  बैंकहरुबीच निक्षेप खोसाखोसको अवस्था आउन नहुने र त्यस्तो हुँदा ब्याजदर पुनः बढेर अर्थतन्त्र लयमा आउन कठीन हुने बताएका थिए ।  अर्थमन्त्रीको निजी सचिवालयले भने एक प्रेस नोट जारी गर्दै अर्थतन्त्रलाई कसरी लयमा ल्याउने भन्ने विषयमा नेपाल बैंकर्स संघसँग छलफल भएको बताएको छ ।

765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका