जोडिनुहोस
आइतवार, मंसिर १७, २०८०
आइतवार, मंसिर १७, २०८०

हालको खबर

  • होमपेज
  • निर्माण व्यवसायीलाई बोलाएर अर्थमन्त्री महतले भने- बिल पाएको १५ दिनभित्र बक्यौता भुक्तानी हुन्छ

निर्माण व्यवसायीलाई बोलाएर अर्थमन्त्री महतले भने- बिल पाएको १५ दिनभित्र बक्यौता भुक्तानी हुन्छ

अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीले पाउन बाँकी सबै बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्री महतले सोमबार निर्माण व्यवसायीसँगको छलफलमा मन्त्रालयमा बिल प्राप्त भएको १५ दिनभित्र रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएका हुन्।

‘हामीले दायित्व सिर्जना भएका विषयमा भुक्तानी दिनैपर्छ। हामी सिर्जना भएका सबै दायित्व भुक्तानी गर्न तयार छौं,´ महतले भने, `सम्बन्धित मन्त्रालयले फाइल नपठाउँदा केही भुक्तानीमा समस्या भएको हो। बिल उठाएका आयोजना सबैको भुक्तानी हुन्छ।´

मन्त्री महतले कुन आयोजना कस्तो अवस्थामा छन् र त्यस्ता आयोजनाको सिर्जित दायित्व कति हो भन्ने स्पष्ट तथ्यांक पेश गर्न निर्माण व्यवसायीसँग आग्रह गरे। ‘सम्बन्धित मन्त्रालयले बिल उठाएको १ महिनापछि मात्रै अर्थ मन्त्रालयमा फाइल आउँछ,’ उनले भने, ‘मन्त्रालयमा बिल आएको १५ दिनमा सबै रकम भुक्तानी गर्न तयार छौं तर बिल नबनेका विषयमा अर्थले केही गर्न सक्दैन।’

मन्त्री महतले हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने र बाँकी रहेको काम अघि बढ्न नसक्ने अवस्था देखिए सरकारले त्यस्ता आयोजनाको ठेक्का तोड्ने बताए। ‘काम हुन सकेको छैन र बजेट पनि छैन भने ती आयोजनाको ठेक्का तोडिन्छ। बजेट भएका बेला ठेक्का लगाउँला’, उनले भने।

मन्त्री महतले अनावश्यक दायित्व सिर्जना हुनेगरी आयोजनाको म्याद थप नगर्ने स्पष्ट पारेका छन्। ‘यसअघि आवश्यकता नै नभएका ठाउँमा पनि ठेक्का लागेको छ, त्यस्ता ठेक्का तोडिन्छन्’, उनले भने। निर्माण व्यवसायीले काम सकेक‍ा आयोजनाको भुक्तानी पाउनुपर्ने, आयोजनाको म्याद थपिनुपर्ने लगायत माग राखेर एक महिनादेखि विरोधका कार्यक्रम गर्दै आएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?