जोडिनुहोस
बुधबार, जेष्ठ २०, २०८३
बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन शुक्रबार हुने

महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन शुक्रबार हुने

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष पदको निर्वाचन आउँदो शुक्रबार हुने भएको छ। महासंघको कार्यकारिणी समितिको निर्णयविरुद्ध उच्च अदालतमा दायर भएको मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने फैसला भएसँगै यी दुई महत्त्वपूर्ण पदको निर्वाचनका लागि कानुनी बाटो खुलेको हो।

महासंघका अध्यक्ष अन्जन श्रेष्ठका अनुसार अदालतको फैसलापछि पूर्वसूचित निर्धारित कार्यक्रमअनुसार नै कार्यकारिणी समितिको बैठक र निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। महासंघको संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको चयन अब प्रत्यक्ष निर्वाचनबाट नभई निर्वाचित कार्यकारिणी समितिबाट हुने व्यवस्था छ।

यसपटक महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई, सुरकृष्ण श्रेष्ठ, हेमराज ढकाल र भरतराज आचार्यको नाम चर्चामा रहेको छ। त्यस्तै, कोषाध्यक्ष पदका लागि अम्बिका पौडेल र महेशलाल प्रधान प्रतिस्पर्धाको दौडमा देखिएका छन्। अदालतको आदेशसँगै महासंघभित्र चुनावी सरगर्मी र आन्तरिक समीकरण निर्माणका प्रयासहरू तीव्र बनेका छन्।

140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका