जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • लिलामी खुल्यो कामना सेवा विकास बैंकको ५ लाख ९ हजार कित्ता संस्थापक सेयर

लिलामी खुल्यो कामना सेवा विकास बैंकको ५ लाख ९ हजार कित्ता संस्थापक सेयर

कामना सेवा विकास बैंकले ५ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले आज अर्थात् माघ १७ गतेदेखि ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त लिलामीमा सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन् । सो सेयरको बिक्री मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिद गर्ने लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागि हुन सक्नेछन् ।

उक्त सेयर खरिदका लागि आगामी माघ २३ गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ । आवेदकले प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्ने छ ।

380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका