जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • दशैंका लागि ५० प्रतिशत हवाई उडान थपियो

दशैंका लागि ५० प्रतिशत हवाई उडान थपियो

दशैं मान्न राजधानीबाट बाहिरी जिल्लामा जाने यात्रुहरुको चाप अत्यधिक भएसँगै वायुसेवा कम्पनीहरुले उडान संख्या थप गरेका छन् ।

वायूसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलले हवाई यात्रा गर्ने यात्रुको संख्या बढी भएपछि उडान संख्या थप गरिएको हो ।

उनले आर्थिक बजार न्यूज डटकमसंग भने, ‘यात्रुको चापलाई ध्यानमा राख्दै सुरुमा २० र पछि ३० प्रतिशत गरी ५० प्रतिशत उडान थप गरिसकेका छौं, यसले यात्रुलाई सहज भएको छ ।’

उनका अनुसार आवश्यक परेको खण्डमा विमानस्थल कार्यालयमा निवेदन दिएर थप उडान गर्न समेत सकिने जानकारी दिए ।

कँडेलका अनुसार दशैंलाई लक्षित गरी आपतकालिन अवस्थामा समेत उद्दारका लागि हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको छ ।

राजधानीबाट दशैं मनाउने विभिन्न जिल्लामा बाहिरिने संख्या बढेको छ । घटस्थापनायता हालसम्म १४ लाख मानिसहरु राजधानी छाडेर बाहिरी जिल्ला पुगिसकेका छन् ।

कँडेलका अनुसार अहिले बाहिरबाट राजधानी आउने अकुपेन्सी औसतमा १० प्रतिशत छ भने राजधानीबाट बाहिरिँदा अकुपेन्सी शतप्रतिशत छ ।

केही वर्षयता हवाई मार्ग भइ बाहिरिने यात्रुहरुको संख्या निकै बढेको छ । सडक मार्गमा अत्यधिक जाम र सुरक्षाका दृष्टिले पनि हवाई यात्रा गर्ने यात्रुहरु बढेका छन् ।

राजधानीबाट बाहिरिने मुख्य सडक नाका नागढुंगा–नौबिसे सडक खण्डमा बाटो मर्मत भइरहेको तथा अत्यधिक सवारीको चापले जाम हुँदा यात्रुले हैरानी बेहोर्दै आएका छन् ।

9490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?