जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • साउन महिनामा बैंकहरुबाट करिब डेढ खर्ब निक्षेप बाहिरियो

साउन महिनामा बैंकहरुबाट करिब डेढ खर्ब निक्षेप बाहिरियो

चालु आर्थिक वर्षको साउन महिनामा वाणिज्य बैंकहरुबाट करिब डेढ खर्ब निक्षेप बाहिरिएको छ । सरकारले बैंकहरुलाई स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न नदिएको ठूलो मात्रामा निक्षेप घटेको हो ।

सरकारले गत आर्थिक वर्षमा वित्तीय प्रणालीमा देखिएको तरलता तथा कर्जा लगानीयोग्य रकम अभावको समस्यालाई सहजीकरण गर्नका लागि बैंकहरुमा भएको स्थानिय तहको पैसालाइ ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको थियो । सो व्यवस्था हटेसंगै बैंकहरुबाट करिब ८० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो ।

चालु आर्थिक वर्षको साउन महिनामा बाणिज्य बैंकहरुबाट मात्र एक खर्ब ४६ अर्ब निक्षेप घटेको छ । त्यसैगरी गत आर्थिक वर्षको साउन महिनामा १०८ अर्बले निक्षेप घटेको थियो ।

आर्थिक वर्ष २०७५-०७६ देखि आर्थिक वर्षको पहिलो महिना साउनमा निरन्तर निक्षेप घटेको अवस्था छ । आर्थिक वर्ष २०७५-०७६ मा १५ अर्ब, २०७६-०७७ मा २३, २०७७-०७८ मा ८ र २०७८-०७९ मा ७८ अर्ब निक्षेप झिकिएको हो ।

2785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका