जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अस्वभाविक उधाराे दिँदा अर्थतन्त्रलाई नै समस्या : गभर्नर अधिकारी

अस्वभाविक उधाराे दिँदा अर्थतन्त्रलाई नै समस्या : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पहिले प्रणालीलाई स्थिर राखे मात्र त्यसमा सबैको हित अटाउने बताएका छन्। उनले स्थिरता नहेरी आफ्नाे फाइदा मात्र हेरियाे भने समस्या अझ बढ्ने बताए।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे नेपाल उद्योग वाणिज्य महास‌ंघ (एफएनसीसीआई) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले समग्र अर्थतन्त्रलाई जाेगाउनु पहिलाे प्राथमिकता रहेकाे बताएका छन्।

अहिले समग्र विश्व अर्थतन्त्र कसरी अगाडि बढिरहेकाे छ त्याे हेर्नुपर्ने उनले बताए। ‘रूस-युक्रेन युद्धकाे असरकाे प्रभावमा हामी परेकाले नेपाल  चुनाैतिपूर्ण अवस्थामा छ। याे चुनाैति वाह्य क्षेत्रबाट आएकाे हाे। यसलाई चिर्ने काम भइरहेकाे छ,’ उनले भने।

एफएनसीसीआईले मौद्रिक नीतका सम्बन्धमा सुझाब दिनका लागि समेत डाकेकाे कार्यक्रममा गभर्नर अधिकारीले काेभिडमा दिएकाे सुविधामध्ये अझै पनि केही निरन्तर रहेकाे बताए। उनले सूचकहरू अझै पनि चुनाैतिपूर्ण रहेकाे भन्दै समस्या बढी उपभाेगबाट भएकाे बताए।

उनले भने, ‘उपभाेगले चालू खाता घाटा बढेकाले त्यहाँ केही काम गर्नु पर्ने छ। यसरी काम गर्दा सबै सराेकारवालाले सहनु पर्ने भएकाले त्यसका लागि तयार रहनु पर्छ।’

त्यससँगै उनले थपे, ‘कुनै पनि नीति महाप्रसादलाई के लाग्याे भनेर आउने हाेइन, मुलुककाे अवस्थालाई हेरेर आउने हाे । त्यसैले हाम्राे टेक्निकल टिमले त्यसमा काम गरिरहेकाे छ।’

गभर्नर अधिकारीले फ्लाेटिङ रेटमा ऋण लिएपछि त्याे थपघट हुने भन्दै राष्ट्र बैंकले स्थिर ब्याज दर पनि लागू गरेकाे बताए।

साथै, भारू ५०० र १००० काे नाेटकाे समस्या हटाउन पहल भइरहेकाे पनि उनको जिकिर थियो। नेपाल एसबीआई बैंकमार्फत् सबै पिओएसमा रूपे कार्ड चलाउने ब्यवस्था मिलाउन लागिएकाे समेत अधिकारीले जानकारी दिए।

उनले उधाराे कहाँ गएकाे छ भनेर प्रश्न गर्दै अस्वभाविक उधाराे दिँदा अर्थतन्त्रलाई नै समस्या पर्ने बताए।

2075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका