जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पुँजीबजार राजश्वको मूल स्रोत हो, लगानीकर्ताको हितमा काम हुन्छ : अर्थमन्त्री शर्मा

पुँजीबजार राजश्वको मूल स्रोत हो, लगानीकर्ताको हितमा काम हुन्छ : अर्थमन्त्री शर्मा

व नियुक्त अर्थमन्त्री जनार्दन शर्माले सरकारले लगानीकर्ता र पुँजीबजारको हितमा काम गर्ने बताएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पुँजीबजार राजश्वको मूल स्रोत रहेकोले लगानीकर्ताको हितमा हुने काम मात्र हुने बताएका हुन् ।

पुँजीबजारमा समस्या भए आफु त्यसको समाधान गर्न तयार रहेको र लगानीकर्ताका केहि समस्या आगामी मौद्रिक नीति मार्फत पनि सम्बोधन हुने उनले बताए । मौद्रिक नीतिबारे छलफल भईरहेको र केहि दिन मै मौद्रिक नीति आउने उनले बताएका छन् ।

बजेटको बारे भने उनले बजेट सदनको कार्य क्षेत्र भएकोले त्यसबारे अहिले नबोल्ने बताएका छन् । नियम अनुसार बजेट अध्यादेश संसदमा पेश हुने र त्यसलाई संशोधन गर्ने वा सोहि पारित गर्ने भन्ने विषय सदन कै कार्यक्षेत्र भएकोले संसदले नै यसबारे निर्णय लिने उनको भनाई थियो ।

5080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका