जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कुमारी लगायत मर्ज भएका वाणिज्य बैंकहरुमा सरुवा आतंक, ग्लोबल आईएमई, नबिल, लक्ष्मी सनराईज, प्रभु बैंकमा भिआरएस !

कुमारी लगायत मर्ज भएका वाणिज्य बैंकहरुमा सरुवा आतंक, ग्लोबल आईएमई, नबिल, लक्ष्मी सनराईज, प्रभु बैंकमा भिआरएस !

यतिबेला वाणिज्य बैंक भित्र कर्मचारी सरुवा आतंक देखि भिआरएससम्मको योजना सार्वजनिक भएका छन् भन्दा फरक पर्दैन । कुमारी बैंक लिमिटेड र एनसीसी बैंक लिमिटेड मर्जर गरेर बनेको कुमारी बैंक भित्र यतिबेला कर्मचारी सरुवा आतंकले उग्ररुप लिएको छ । बैंकमा कर्मचारी युनियनले विज्ञप्ती नै जारी गरी यस्तो कार्य बन्द गर्न आग्रह नै ग¥यो भन्दा फरक पर्दैन । अर्को लक्ष्मी सनराईज बैंक लिमिटेड भित्र सनराईज बैंकबाट आएका तल्लो तहका निरिह कर्मचारीहरुलाई दुर दराज र दुर्गममा सरुवा गर्नेक्रम तिव्ररुपमा शुरु भएको छ । सीइओ र अध्यक्ष दुबै पद लक्ष्मी बैंकले लिएपछि सनराईज बैंकका कर्मचारीलाई घटुवा गर्ने, सरुवा गर्ने देखि भिआरएससम्म ल्याएर हटाउने काम भएको देखिन्छ । सीइओ, डिपुटी सीइओ, अध्यक्ष सबै पद लक्ष्मी बैंककै कब्जामा रहेका कारण सनराईज बैंकबाट आएका पूर्व डिजिएम रविन नेपाल लगायत दर्जनौ बैंकरले भिआरएस लिएर बैंक छाडेका छन् ।

सिभिल बैंकबाट आएका दक्ष र अनुभवी कर्मचारीलाई दुरदराज पठाउने देखि एक तह घटुवा गरि काम गराईरहेको भेटिएको छ । यस बैंकमा पनि सिइओ र अध्यक्ष दुबै हिमालयन बैंककै छन् । यसकारण पनि सिभिल बैंकका निरिह कर्मचारीलाई पटक÷पटक दुख दिने गरेको भेटिएको छ ।

यस्तै गरी ग्लोबल आईएमई बैंकसंग मर्ज भएको बैंक अफ काठमाण्डूका सीइओ श्रवण कुमार मास्के लगायत दर्जनौ उच्च कर्मचारीहरुले विभिन्न बैंक तथा वित्तियसंस्थाहरुबाट भिआरएसबाट अवकास लिएको भेटिएको छ । यो कस्तो मर्जर हो गर्भनर साब हेक्का होस् । अर्को हिमालयन बैंकमा सरुवा आतंक यतिबेला बढेको छ । सिभिल बैंकबाट आएका दक्ष र अनुभवी कर्मचारीलाई दुरदराज पठाउने देखि एक तह घटुवा गरि काम गराईरहेको भेटिएको छ । यस बैंकमा पनि सिइओ र अध्यक्ष दुबै हिमालयन बैंककै छन् । यसकारण पनि सिभिल बैंकका निरिह कर्मचारीलाई पटक÷पटक दुख दिने गरेको भेटिएको छ । तर, राष्ट्र बैंक नेतृत्व चुपचाप छ । यो चाहि खोजीकै विषय बनेको छ । हेक्का होस् । यी तीन वटा वाणिज्य बैंक भित्र कर्मचारीहरुमा भएको आतंकले के सन्देश दिन खोजेको हो गर्भनर साब ? के विवाह गरेर घर ल्याएकी बुहारीलाई आतंकित पार्ने हो कि घर चलाउन सिकाउने, सम्झाउने हो गर्भनर साब, हेक्का होस् ।

भिआरएस ल्याएर घर पठाउनु रामै्र कुरा भएपनि घटुवा गर्ने, सरुवा आतंक गर्ने काम भने तत्कालै बन्द गरिनु पर्दछ । सबै कर्मचारी एउटै हुन । भेदभाव गर्ने अधिकार कुमारी बैंकका सीइओ रमेश अर्याल, लक्ष्मी बैंकका सीइओ अजय विक्रम शाह र हिमालयन बैंकका सीइओ अशोक राणालाई छैन ।

मर्जर गरेर बनेको प्रभु बैंक र नबिल बैंकमा भने कर्मचारीहरुलाई स्वऐच्छिक अवकास गर्ने योजना अनुसार (भिआरएस) योजना सार्वजनिक गरेको छ । यो राम्रो पक्ष होला तर, २ वर्षको तलब दिएर कर्मचारी विदा गर्दा उनीहरुले लिएको कर्जा साँवा ब्याजको आधा रकम जाने भएकोले केही कर्मचारी बाहेक अरुले भिआरएस नलिने संकेत देखा परेको छ । नबिल बैंकले एनबी बैंकबाट आएका कर्मचारीहरु र प्रभु बैंकले सेञ्चुरी बैंकबाट आएका कर्मचारीहरुलाई लक्षित गरि ल्याएको भिआरएस योजना खासै प्रभावकारी देखिदैन भन्दा फरक पर्दैन । हेक्का होस् । भिआरएस ल्याएर घर पठाउनु रामै्र कुरा भएपनि घटुवा गर्ने, सरुवा आतंक गर्ने काम भने तत्कालै बन्द गरिनु पर्दछ । सबै कर्मचारी एउटै हुन । भेदभाव गर्ने अधिकार कुमारी बैंकका सीइओ रमेश अर्याल, लक्ष्मी बैंकका सीइओ अजय विक्रम शाह र हिमालयन बैंकका सीइओ अशोक राणालाई छैन । हेक्का होस् । सौतेनी आमाका छोराछोरी जस्तो गरि यि तिन वटा बैंकले कर्मचारी आतंकित तुल्याउदा समेत राष्ट्र बैंक नेतृत्व बोल्दैन कारण के हो गर्भनर साब ? सचेत भया ।

3490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?