

माछापुच्छ्रे बैंकले ‘प्रायोरिटी’ एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । जस अन्तर्गत ‘प्रायोरिटी’ एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिना झन्झट उक्त पासको प्रयोग गरि सरल र सहज तरिकाबाट ‘प्रायोरिटी’ लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् ।
यो ‘प्रायोरिटी पास’ सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो । जस अन्तर्गत कोलिन्सन ग्रुप, युकेले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० शहरहरुमा अवस्थीत एक हजार चार सय भन्दा बढी एयरपोर्टमा रहेका ‘एयरपोर्ट लाउन्ज’हरुमा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ ।
‘प्रायोरिटी पास’ले उडान गर्नु अघि, ‘एयरपोर्ट लाउन्ज’ अनुसार सोफामा आराम गर्न र निशुल्क खाना तथा खाजाको आनन्द लिन वा निशुल्क वाइफाइ प्रयोग गर्न लगायत अन्य अतिरिक्त सुविधाहरु सहित लाउन्जको अनुभव प्रदान गर्ने बैंकले जनाएको छ ।