जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको साधारण सभा सम्पन्न

मुक्तिनाथ विकास बैंकको साधारण सभा सम्पन्न

मुक्तिनाथ विकास बैंक लिमिटेडले पोखरामा आफ्नो अठारौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रति सेयर १०० को दरले १ अर्ब बराबरको ८.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात जारी गर्ने प्रस्ताव अनुमोदन गरिएको छ।

साधारण सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरुसमेत पारित गरिएको छ। साथै, बैंक स्थापना गर्न महत्वपूर्ण योगदान पुर्‍याउने ३० जना संस्थापक सेयरधनीहरूलगायत अन्य संस्थापक सेयरधनी र सञ्चालक सदस्यहरुलाई पनि सभामा सम्मान गरिएको थियो।

विशेष प्रस्तावका रूपमा, बैंकको काठमाण्डौं–२८, कमलादीस्थित केन्द्रीय कार्यालयलाई लाजिम्पाटमा निर्माण गरिएको नयाँ केन्द्रीय कार्यालय भवनमा स्थानान्तरण गर्ने निर्णय सर्वसम्मत रुपमा पारित गरिएको छ।

त्यस्तै, सभाको उद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरे भने स्वागत मन्तव्य सञ्चालक सदस्य भरत प्रसाद लम्सालले दिएका थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र भविष्यको रणनीतिको बारेमा जानकारी गराउँदै सेयरधनीहरूसँग छलफल गरेका थिए।

सेयरधनीहरूले वार्षिक प्रतिवेदन र अन्य विषयमा आफ्ना सल्लाह र सुझाव प्रस्तुत गरेका छ्न। जसमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले थप स्पष्टता प्रदान गरेका छन्। साधारण सभाले बैंकका भावी रणनीति र विस्तार योजनालाई मूर्तरूप दिन मार्ग प्रशस्त गरेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिएका छन्।

1780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?