जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • फेडेरल बन्यो ‘आईएसओ ९००१ः२०१५’ प्राप्त गर्ने नेपालकै पहिलो पुनर्बीमा दलाल कम्पनी

फेडेरल बन्यो ‘आईएसओ ९००१ः२०१५’ प्राप्त गर्ने नेपालकै पहिलो पुनर्बीमा दलाल कम्पनी

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड प्रतिष्ठित आईएसओ ९००१ः२०१५ प्रमाणपत्र पाउने नेपालकै पहिलो पुनर्बीमा दलाल बनेको छ।

यस कम्पनीले जीवन तथा निर्जीवन बीमा एवं पुनर्बीमा दलाली सेवाको विधाअन्तर्गत उक्त प्रमाणपत्र प्राप्त गरेको हो। कम्पनीको रजिस्टर्ड कार्यालय काठमाण्डौमा आइतबार एक कार्यक्रमबीच उक्त प्रमाणपत्र युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस नेपाल) का नेपाल प्रमुख प्रकाश पौडेलले फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडका अध्यक्ष महेशकुमार अग्रवाललाई हस्तान्तरण गरे। कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालक समिति तथा व्यवस्थापनको उपस्थिति थियो।

कार्यक्रममा यूआरएस नेपालका प्रमुख पौडेलले उक्त प्रमाणपत्रको महत्वबारे प्रकाश पार्दै सो प्रमाणपत्रले फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको सञ्चालन प्रणाली, संस्थागत सुशासन, व्यवस्थापीय कुशलता तथा ग्राहक सेवाको गुणस्तरलाई सुनिश्चिता गर्ने र कम्पनीको व्यवसाय विस्तारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सका प्रबन्ध निर्देशक सुवर्ण पौडेलले संस्था स्थापनाको छोटो समयमै उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको र प्रमाणपत्र प्राप्तिका लागि कम्पनीको व्यवस्थापनको उच्च प्रशंसा गर्नुका साथै यूआरएस नेपालको व्यवस्थापनलाई समेत कृतज्ञता व्यक्त गरे।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारीले उक्त प्रमाणपत्रले उच्चस्तरको सेवा प्रदान गर्न थप हौसला प्राप्त भएको भन्दै खुसी व्यक्त गरे।

कम्पनी रजिस्ट्रारको कार्यलयमा पव्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता भएको फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त पुनर्बीमा दलाल हो। कम्पनीले छोटो समयमै प्रतिष्ठित अन्तर्राष्ट्रिय रिइन्स्योरेन्स ब्रोकरहरुसँगको रणनीतिक साझेदारीमा नेपालका बीमा तथा पुनर्बीमा कम्पनीहरुलाई पुनर्बीमा सेवा प्रदान गर्दै आइरहेको छ।

1430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका