जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • एभरेष्ट इन्स्योरेन्सले बीमा शुल्क १२ करोड ११ लाख आर्जन गर्यो

एभरेष्ट इन्स्योरेन्सले बीमा शुल्क १२ करोड ११ लाख आर्जन गर्यो

एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १२ करोड ११ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।  गत आर्थिक वर्षको सोहि अवधिमा इन्स्योरेन्सले ११ करोड ९२ लाख रुपैंया खुद बीमा शुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड ५ लाख ४० हजार रुपैंया खुद नाफा कमाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सको खुद नाफा ५१.०८ प्रतिशतले बढेको छ  । गत वर्षको सोहि अवधिमा इन्स्योरेन्सले २ करोड २ लाख १४ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा गत आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३३८.१० प्रतिशतले बढाएको थियो । त्यस बेला इन्स्योरेन्सले ४६ लाख रुपैंयाको खुद नाफालाई २ करोड २ लाख १४ हजार रुपैंया पुर्याएको थियो ।

त्यसैगरि इन्स्योरेन्सको गत आर्थिक वर्षको पहिलो त्रैमासको लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी ८३ लाख ११ हजार रुपैयाँबाट ८५ लाख ८९ हजार रुपैंया पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९३७ दाबी वापत १० करोड २८ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको इन्स्योरेन्सले २ हजार ३२७ दाबी वापत ९९ करोड २१ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आईपुग्दा इन्स्योरेन्सले ७६९ वटा दाबी भुक्तानी वापत २७ करोड १७ लाख रुपैंया दाबी भुक्तानी गरी ४ हजार ३१५ वटा दाबी वापत १ अर्ब ४ करोड २८ लाख रुपैंया भुक्तानी गर्न बाँकी छ ।

चुक्ता पूँजी चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोष यस अवधिमा १५ करोड १२ लाख रुपैयाँबाट २८ करोड ९८ लाख रहेको छ । त्यस्तै बीमा कोषमा २३ करोड ७३ लाख रुपैयाँबाट ३४ करोड २० लाख रुपैंया जम्मा भएको छ ।

4705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका