जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आजबाट यूनाइटेड अजोड इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्ने

आजबाट यूनाइटेड अजोड इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्ने

यूनाइटेड अजोड इन्स्योरेन्सले आज भदौ १७ गतेदेखि १९ गतेसम्म बीमा अभिकर्ता तालिम संचालन गर्दैछ । साथै तालिम पछि बीमा अभिकर्ताको परीक्षा भने भदौ १९ गते हुने जनाएको छ । उक्त तालिम विहान ९ बजेदेखि साझ ५ बजेसम्म संचालन हुनेछ । परीक्षा भने भदौ १९ गते साझ ५ बजेदेखि ६ः३० सम्म हुनेछ ।

उक्त तालिम लाहान शाखा हुलाक रोडमा हुने जनाएको छ । उक्त तालिममा सहभागी हुनका लागि न्युनतम एसएलसी वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुकले नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, स्थायी लेखा नम्बरको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ४ प्रति सहित कम्पनीको इमेल ठेगानामा भदौ १३ गतेभित्र बुझाएकाले तालिममा सहभागि हुन सक्नेछन् ।

अभिकर्ता इजाजतपत्रको लागि पाँच सय रुपैयाँ यस कम्पनीको ग्लोबल आइएमई बैंक काठमाडौं कमलादीको खातामा जम्मा गरी भौचर सहित जानकारी दिनुपर्नेछ । थप जानकारीका लागि कम्पनीमा सम्पर्क गर्न भनेको छ ।

1505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?