जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको अध्यक्षमा दीपक पाण्डे निर्विरोध निर्वाचित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको अध्यक्षमा दीपक पाण्डे निर्विरोध निर्वाचित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को अध्यक्षमा दीपक पाण्डे निर्विरोध निर्वाचित भएका छन् । उम्मेद्वारको मनोनयन पत्र दाखिला गर्ने समय आज बिहिबार साँझ ५ बजेसम्ममा अन्य कुनै उम्मेद्ववारी नपरेपछि पाण्डे निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन् ।

अध्यक्षमा रमेश धिताल र अरुण राउतको पनि चर्चा थियो । धिताल हाल उपाध्यक्ष छन् । यस अघिको निर्वाचनमा पाण्डे कै प्यानलबाट धितालले उपाध्यक्ष जितेका थिए । पाण्डे भने अध्यक्षमा पराजित भएका थिए । यस अघिको प्यानलमा संगै रहेकोले पाण्डे विरुद्द नैतिकताको हिसाबले नउठ्ने भन्दै धितालले पाण्डेलाई नै समर्थन गरेका हुन् । त्यस्तै राउत पनि ब्याक भएपछि पाण्डे निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन् ।

निर्वाचन कार्यतालिका अनुसार आज जेठ २६ गते मनोनयन पत्र दर्ता गर्ने, जेठ २७ गते उम्मेदवारको मनोनयन पत्र उपर उजुरी गर्ने, जेठ २८ र २९ गते उजुरीमा छानविन गर्ने, जेठ २९ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, जेठ २९ गते नै उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा असार ११ गते मतदान गर्ने कार्यक्रम रहेको छ ।

2690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका