जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१

बढ्न थाल्यो कर्जाको माग

भदौ लागेयता कर्जा प्रवाह बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ४८ खर्ब ५९ अर्ब थियो । तर, १७ भदौमा आइपुग्दा कर्जा प्रवाह ४८ खर्ब ८२ अर्ब पुगेको छ । यसबीचमा बैंकिङ प्रणालीबाट २१ अर्बको कर्जा प्रवाह भएको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै व्यापार बढ्दा कर्जाको माग पनि बढ्न थालेको बैंकरहरू बताउँछन् ।

यता उद्योगहरूबाट कर्जाको मागमा भने सुधार हुन सकेको छैन । विगतमा बैंकहरूले ब्याजदर घटाएको परिणाम कर्जा सस्तिएको थियो । जसले कर्जा प्रवाह बढाउन मद्दत पुगेको थियो । तर, भदौका लागि बैंकहरूले बढाएको निक्षेपको ब्याजदरले कर्जाको ब्याजदर बढ्दै जाने संकेत दिएको छ । यसले ब्याजदर स्थायित्व कायम राख्न भने चुनौती थपिएको छ ।

ब्याजदर बढ्दै जाने अवस्था रहेमा फेरि मागमा संकुचन आउने अर्थशास्त्रीले आँकलन गरिसकेका छन् । पछिल्लो समय बैंकको निक्षेप खोसाखोस हुने स्थिति बढ्दै गएपछि साउन र भदौमा सबैजसो बैंकले निक्षेपमा ब्याजदर बढाइसकेका छन् ।

साउनमा चारवटा बैंकले र भदौमा १२ बैंकले ब्याजदर बढाएका थिए । साउनमा औसतमा ९.८३ प्रतिशत ब्याज दिइरहेका बैंकले भदौमा बढाएर १०.३२ प्रतिशत पु¥याएका थिए ।

1775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका