जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • कैलालीको रिलायन्ट टेक्नोको इन्टरनेट सेवा लाइसेन्स दूरसंचार प्राधिकरणले खारेज गर्‍यो

कैलालीको रिलायन्ट टेक्नोको इन्टरनेट सेवा लाइसेन्स दूरसंचार प्राधिकरणले खारेज गर्‍यो

नेपाल दूरसंचार प्राधिकरणले कैलालीको रिलायन्ट टेक्नो नेटवर्किङ प्रालिको लाइसेन्स खारेज गरेको छ।

इन्टरनेट (इमेलसहित) अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस गरेतापनि बुझाउनुपर्ने दस्तुर तथा नवीकरणका लागि चाहिने विवरण पटकपटक ताकेता गर्दा पनि नबुझाएको भन्दै प्राधिकरणले लाइसेन्स नै खारेज गर्ने निर्णय गरेको हो।

प्राधिकरणले आइतबार सूचना जारी गर्दै साउन १५ गतेदेखिन नै रिलायन्टको अनुमतिपत्र स्वत: खारेज भएको जनाएको छ। कम्पनीले तिर्न बाँकी रकम ३० दिन भित्र नबुझाए कानुन अनुसार असुली गर्ने चेतावनी प्राधिकरणले दिएको छ।

4005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?