जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बैंकको नयाँ ब्याजदर सार्वजनिकः ८ वटाले बढाए, ७ वटाको घट्यो, सबैभन्दा बढी प्राइमको

बैंकको नयाँ ब्याजदर सार्वजनिकः ८ वटाले बढाए, ७ वटाको घट्यो, सबैभन्दा बढी प्राइमको

बैंहरुले असोजका लागि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले भदौको तुलनामा असोज १ देखि लागू हुने गरी सार्वजनिक गरेको मुद्दती निक्षेपको नयाँ ब्याजदरमा ७ वटा बैंकको ब्याजदर घटेको छ भने ८ वटाको बढेको छ । चारवटा बैंकको ब्याजदर भने पुरानै कायम छ ।

बैंकहरुले साउदेखि ब्याजदरमा गरेको भद्र सहमति तोडिएसँगै भदौयता बैंकहरुको फरक-फरक ब्याजदर हुने गरेको छ । भदौयता बैंकहरुले आफू अनुकूल ब्याजदर निर्धारण गर्दै आएका छन् ।

बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसतमा १० प्रतिशतले घटी बढी गर्ने गरेका छन् । कतिपय बैंकले त्यही अनुसार नै ब्याजदर घटी तथा बढी गरेका छन् । केहीको भने यथावत् रहेको छ ।

बैंकको ब्याजदर मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.३६ प्रतिशतसम्म पुगेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज प्राइम कमर्सियल बैंकले दिने भएको छ । बैंकले ११.३६ प्रतिशत ब्याज दिनेछ ।

नबिल बैंकले मुद्दती निक्षेपमा ११.०५ प्रतिशत ब्याज दिनेछ । भदौमा बैंकको ब्याजदर १०.४९ प्रतिशत थियो । असोजमा बैंकको ब्याज भदौको तुलनामा ०.५६ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ । बैंकको ब्याजदर भदौको तुलनामा असोजमा १.०६ प्रतिशतले बढेर ११.०५ प्रतिशत पुगेको छ ।

एनआइसी एशियाले पनि ब्याजदर बढाएको छ । एनआइसी एशियाले व्यक्तिगत मुद्दती निक्षेपमा भदौका लागि १०.८९६ प्रतिशत ब्याजदर तोकेकोमा असोजका लागि ११.०५ प्रतिशत पुर्‍याएको हो ।

प्रभु, एनएमबी, माछापुच्छ्रे र सिद्धार्थ बैंकले यथावत् राखेका छन् । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छैन ।

1190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका