जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सानिमा बैंकको सेवा मुल्याङ्कन अब क्युआर कोड मार्फत

सानिमा बैंकको सेवा मुल्याङ्कन अब क्युआर कोड मार्फत

सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा सम्बन्धी आफ्नो अनुभव मुल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैैकको सेवा मुल्याङ्कन गर्न यो सुबिधा ल्याएको हो ।

यस अन्तर्गत सानिमा बैंकका सेवाग्राहीले बैंकको सेवाको अनुभव मुल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले आफ्नो सम्पूर्ण कार्यालयहरुको काउन्टर र ग्राहक सेवा विभागमा क्युआर कोड उपलब्ध गराएको छ । उक्त क्युआर कोड स्क्यान गरी गा्रहकहरुले बैंकमा आफ्नो अनुभव तत्कालै मुल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् ।

बैंकले ग्राहक सेवालाई सुधार गर्दै जाने उद्देश्यले यो पहल गरेको हो । सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

3595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका