जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ६ प्रतिशतले बढ्यो, मर्जरमा गएका तीन कम्पनीको मुनाफा घट्यो

निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ६ प्रतिशतले बढ्यो, मर्जरमा गएका तीन कम्पनीको मुनाफा घट्यो

हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमासको अवधिमा ५ अर्ब २६ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो आवको तुलनामा कम्पनीहरुको मुनाफा ६ दशमलव ६६ प्रतिशले बृद्धि भएको छ । कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ९३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थिए ।

समिक्षा अवधिमा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा बढी खुद नाफा आर्जन गरेको छ । यस अवधिमा कम्पनी ७७ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

खुद बीमा शुल्क आर्जनको आधारमा नेको इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । यस अवधिमा कम्पनीले ५५ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

विवरण अनुसार समिक्षा अवधिमा शिखर, हिमालय एभरेष्ट, द ओरियन्टल र नेपाल इन्स्योरेन्सले ४० करोड रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३६ करोड रुपैयाँ, युनाइटेड अजोडले २९ करोड रुपैयाँ, सानिमा जिआइसीले २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा खुद नाफा बृद्धिदरको आधारमा अग्रस्थानमा रहेको नेशनल इन्स्योरेन्सले २० करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ ।

समीक्षा अवधिमा संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये नेशनल इन्स्योरेन्सको खुद नाफा सबैभन्दा बढी प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ऋणात्मक रहेको खुद नाफा ६० दशमलव ६८ प्रतिशतले बृद्धि भएको छ ।

शिखर इन्स्योरेन्सको ४६ प्रतिशत, सानिमा जिआईसीको ३९ प्रतिशत, ओरियन्टलको ३७ प्रतिशत, प्रभु इन्स्योरेन्सको २९ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको १२ प्रतिशतले खुद नाफा बढेको छ । समिक्षा अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ४६ प्रतिशतले घटेको छ ।

905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?