जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सानिमा रिलायन्सको ‘सरल जीवन बीमा योजना’मा बीमितको आकर्षण, चारवटा सुविधा प्लस

सानिमा रिलायन्सको ‘सरल जीवन बीमा योजना’मा बीमितको आकर्षण, चारवटा सुविधा प्लस

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ‘सानिमा रिलायन्स सरल जीवन बीमा योजना’ बीमितहरुको रोजाइमा पर्न सफल भएको छ।

साबिक सानिमा लाइफको बीमा योजना ‘सानिमा सरल जीवन बीमा योजना’लाई एकीकृतपश्चात ‘सानिमा रिलायन्स जीवन बीमा योजना’ नामकरणबाट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। साबिक सानिमा लाइफ र रिलायन्स लाइफ मर्जरपश्चात बनेको सानिमा रिलायन्स लाइफको बीमितलाई टार्गेट गरी यो योजनामा अझ सुविधाहरु थपिएको कम्पनीले जनाएको छ। आर्थिक बचत तथा सुरक्षित जीवनका लागि उपयुक्त भएकोले उक्त पोलिसी बीमितहरुको रोजाइमा परेको कम्पनीले जनाएको छ।

यो योजनामा ४ वटा सुविधा पाइने भएकोले बीमितहरुको आकर्षण बढिरहेको कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत बीमितहरुले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी असक्तता, बीमा शुल्क छुट सुविधा र घातक रोग रक्षावरण सुविधा पाउन सक्नेछन्।

यदि बीमितहरुले यस योजनाअन्तर्गत दुर्घटना मृत्यु सुविधाबापतको थप प्रिमियम तिरेमा बीमितको दुर्घटनाबाट मृत्यु भएको खण्डमा बीमांक रकमको दोब्बर रकम प्राप्त हुनेछ। त्यस्तै, पूर्ण स्थायी अशक्तता सुविधाअन्तर्गत बीमितलाई बीमांकबराबरको रकम १२० मासिक किस्तामा भुक्तानी गरिनेछ। जस्तै– बीमित दुर्घटनाबापत अशक्तता भएको खण्डमा बीमांक रकमबराबर १२० ले भाग गरी मासिक रुपमा भुक्तानी गरिनेछ।

यसका साथै यस योजनामा बीमा शुल्क छुट सुविधासमेत रहेको छ। बीमित पूर्ण स्थायी असक्तता भएमा घटनापछि बीमितको बीमाशुल्क मिनाहा हुनेछ। त्यस्तै घातक रोग रक्षावरणअन्तर्गत बीमितको १८ मध्ये कुनै एक घातक रोग लागेमा ५० लाख रुपैयाँसम्मको एकमुष्ट भुक्तानी हुनेछ। बीमितले बीमा गरेको ३ महिनापछि १८ मध्ये कुनै एक घातक रोगको पहिचान भएमा अधिकतम ५० लाख रुपैयाँ भुक्तानी हुनेछ।

यस योजनामा विशेषगरी यी ४ वटा सुविधा भएकोले बीमितहरु यो योजनाप्रति लाभान्वित भएको जीवन बीमा कम्पनीको मेरुदण्डका रुपमा रहेका अभिकर्ताहरु बताउँछन्।

लामो समयदेखि बीमा अभिकर्ता पेसामा आबद्ध रहेकी सानिमा रिलायन्स लाइफबाट दुईपटक एमडीआरटी भइसकेकी नमिता न्यौपानेले यो पोलिसीमा बीमितहरुको आकर्षण बढ्दै गएको बताइन्। ‘मैले अधिकांश यो पोलिसी बिक्री गरेकी छु, बीमितहरुलाई विशेषगरी ४ वटा सुविधाका बारेमा राम्रोसँग बुझाउँदा बीमितहरुले यही पोलिसी नै बढी रुचाउनुहुन्छ’, उनले भनिन्, ‘विशेषगरी घातक रोगको सुविधा भएकोले बीमितहरु यो सुविधाबाट लाभान्वित हुनुहुन्छ, बीमा बचतका लागिमात्रै नभई भविष्यमा हुन सक्ने यस्ता घातक रोगको रिस्क कभर गर्नका लागि पनि यो पोलिसीप्रति बीमितहरुको आकर्षण बढी देखिएको छ।’

यस बीमा योजनाअन्तर्गत जीवन बीमा गरी आफ्नो आम्दानीको केही अंश बीमाशुल्कबापत बीमा कम्पनीलाई भुक्तानी गरी आफू र आफ्नो परिवारको उज्ज्वल भविष्यका लागि निश्चित हुन सकिने र योजनाअन्तर्गत पूरा बीमा अवधिको एकैपटक (एकल बीमा शुल्क) बीमा शुल्क भुक्तानी गरी बीमालेख चालु गर्न पनि सकिने कम्पनीले जनाएको छ।

बीमा कम्पनीहरुले बीमा योजनाअन्तर्गत राख्ने घातक रोग, दुर्घटना मृत्यु सुविधा, पूर्ण असक्तताजस्ता सुविधाहरुका बारेमा राम्रोसँग बुझाउन नसक्दा बीमितहरुले बीमा योजनामा पाउने सुविधाबाट वञ्चित हुनुपरेको कम्पनीका डीसीईओ निराजन कँडेलले बताए। ‘यो योजनामा ४ वटा सुविधा दिइएको छ, यसले गर्दा पनि यस योजनाप्रति बीमितहरुको आकर्षण बढिरहेको छ तर बीमितहरुले पाउने सुविधालाई कम्पनी वा अभिकर्ताले बीमितसमक्ष स्पष्ट बुझाउनु आवश्यक छ’, उनले भने।

यस योजनाअन्तर्गत न्यूनतम प्रवेश उमेर ११ वर्ष र अधिकतम प्रवेश उमेर ६० वर्ष रहेको छ। त्यस्तै, बीमा अवधि न्यूनतम ७ वर्षको र अधिकतम ५४ वर्षको हुने कम्पनीले जनाएको छ। बीमितहरुले न्यूनतम २५ हजार रुपैयाँदेखि यस योजना खरिद गर्न सक्नेछन् भने अधिकतम बीमांक आयस्रोतका आधारमा निर्धारण हुने कम्पनीले जनाएको छ।

यस योजनामा बीमितहरुले बीमाअवधि समाप्तिमा बीमांक रकम र पूरा अवधिको बोनस एकमुष्ठ भुक्तानी हुनेछ। यसका साथै बीमाअवधिभित्र बीमितको मृत्यु भएमा बीमांक रकम र सो अवधिसम्मको बोनस बीमितको हकवालालाई भुक्तानी गरिनेछ।

यसैगरी दुर्घटना मृत्युलाभ, दोहोरो दुर्घटना लाभ सुविधा, अशक्त सुविधा तथा बीमाशुल्क छुट सुविधासमेत यस योजनामा समावेश रहेको कम्पनीले जनाएको छ। दुर्घटना मृत्युलाभअन्तर्गत बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमालेख र पूरक करारको अधिकारमा रही पूरक करारमा उल्लेखित बीमांक रकमबराबरको थप रकम बीमितको कानूनी हकवालालाई प्रदान हुनेछ।

त्यस्तै अपांगता अशक्तता सुविधाअन्तर्गत बीमितको दुर्घटनाका कारण शारीरिक अंगभंग वा अशक्तता भएमा बीमालेख र पूरक करारको अधीनमा रही अशक्तता र बीमाशुल्क छुट सुविधा उपभोग गर्न सकिने कम्पनीले जनाएको छ।

1585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका