जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजीनामा बाध्यता की आवश्यकता ?

राजीनामा बाध्यता की आवश्यकता ?

१३ सीट जितेको सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार छोड्नुको पछाडी के रहस्य होला । यो चासो र चर्चाको विषय बनेको छ । भनिन्छ उपेन्द्र यादव आफैले चलाएका मन्त्रालयमा काम भए । उनी भ्रष्टाचारमा लिप्त भए ।

प्रधानमन्त्रीका कुरा उनीले कहिले मानेनन् । यी र यस्ता तर, यी भन्ने कुरा मात्रै हुन् । रहस्य हो जनता दलले राष्ट्रिय सभाको चुनावमा नेकपासंग सहकार्य गर्नु यसले कांग्रेसको २ सीट र समाजवादीको १ सीट खोसिने निश्चित देखिछ । यही खोसिने कारण उपेन्द्र यादवले मन्त्रीपदबाट राजीनामा दिए भन्दा फरक पर्दैन । उनीकै सहभागीताले दुईतिहाईको सरकार उनी बाहिरिदा बहुमतको बनेको छ ।

उपेन्द्र यादव हटेपछि २ मन्त्री र उप सभामुख पाए जनता दल सत्तामा जाने भित्री सहमती समेत नेकपासंग गरेको खुलेको छ । यहि सुइको पाएपछि समाजवादी पार्टीका दुई मन्त्रीले राजीनामा दिएको देखिन्छ ।
सरकारबाट बाहिरिने घोषणा गरेसँगै समाजवादी पार्टीबाट उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका उपेन्द्र यादवले पदबाट राजीनामा दिएको देखिन्छ ।

समाजवादीबाट मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् । उनी सहरी विकासमन्त्री थिए ।
२०७५ जेठ १४ गते तत्कालीन संघीय समाजवादी फोरम र तत्कालीन एमाले–माओवादीबीच भएको दुई बुँदे सहमतिका आधारमा आफू सरकारमा सहभागी भएको स्मरण गराउँदै उनले सहमति कार्यान्वयन नभएका कारण नैतिकताका आधारमा राजीनामा दिएको बताए पनि कुरोको चुरो चाँही अर्कै भएको प्रस्टै देखिन्छ ।

5350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका