जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • मुक्तिनाथ कृषि कम्पनीले पायो आइपिओ निष्कासनको अनुमति

मुक्तिनाथ कृषि कम्पनीले पायो आइपिओ निष्कासनको अनुमति

मुक्तिनाथ कृषि कम्पनीले धितोपत्र बोर्डबाट आइपिओ निष्कासनको अनुमति पाएको छ ।

मुक्तिनाथ बैंकको साझेदार रहेको यस कम्पनीले असोज १० गते बोर्डबाट आइपिओ निष्कासनको अनुमति प्राप्त गरेको हो । कम्पनीले १०० रुपैयाँ अङ्कित १४ लाख कित्ता सेयर निष्कासन गर्नेछ । आइपिओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्नेछ जसमध्ये प्रमोटरको हिस्सा ८० प्रतिशत र सर्वसाधारणको हिस्सा २० प्रतिशत रहनेछ ।

आइपिओ निष्कासनका लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले आफ्ना सहायक कम्पनीका रुपमा मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टिलाइजर बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ लाइभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फुड बैंक, मुक्तिनाथ एग्रो मेसिनरी बैंक, मुक्तिनाथ आइटेक लिमिटेड तथा मुक्तिनाथ ट्रेडिङ कम्पनी सञ्चालन गर्दै आएको छ ।

3235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका