जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंकको २१ औं वार्षिकोत्सव सम्पन्न

सिद्धार्थ बैंकको २१ औं वार्षिकोत्सव सम्पन्न

सिद्धार्थ बैंकले २१ औं वार्षिकोत्सव मनाएको छ ।

नक्सालस्थित प्रधान कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी बैंकले वार्षिकोत्सव मनाएको हो । यो बैंक १७ औं वाणिज्य बैंकको रुपमा ९ पुस २०५९ मा स्थापना भएको थियो ।

बैंकले वार्षिकोत्सवको अवसरमा २० वर्ष पूरा गरी २१ वर्षसम्मको यात्रालाई समेटेर तयार पारिएको ‘कफी टेबल बुक’ सार्वजनिक समेत गरेकोे छ ।

यसैगरी बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड पनि सार्वजनिक गरेको छ । सिद्धार्थ प्लाटिनम प्लस बचत खाता खोली सहजै प्राप्त गर्न सकिने यस कार्ड भिसाको उच्चस्तरीय प्रिमियम सेगमेन्टको कार्ड भएको बैंकले बताएको छ ।

यसैगरी डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘फ्रि फोर’ र ‘लग वीन’ योजना पनि सार्वजनिक गरेको छ ।

कार्यक्रममा बैंकका पूर्वसञ्चालक समितिका सदस्यहरु एवम् पूर्वप्रमुख कार्यकारी अधिकृतहरुलाई सम्मान समेत गरेको छ । बैंकले १५ वर्ष पूरा काम गरेका आफ्ना कर्मचारीहरुलाई अभिनन्दन समेत गरेको छ ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया, सञ्चालक समितिका सदस्यहरु, पूर्वसंञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरु, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका