कुमारी बैंक लिमिटेडले काठमाडौं र ललितपुर जिल्लाको विभिन्न स्थानमा पाँच वटा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले काठमाडौंको कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैसेंपाटी र टौखेलमा शुक्रबारबाट नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।
कम्पनीले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देष्यले उक्त शाखाहरु विस्तार गरेको हो । कम्पनीले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना रहेको बताएको छ ।
हालसम्म बैंकले मुलुकभर ३०९ वटा शाखा सञ्जाल, ३०९ वटा एटीएम, ४८ वटा एक्सटेन्सन काउन्टर तथा ६४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।