जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल बैंकको प्रमुख कार्यकारीका लागि आवेदन खुल्यो

नेपाल बैंकको प्रमुख कार्यकारीका लागि आवेदन खुल्यो

नेपाल बैंक लिमिटेडले रिक्त प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुलाएको छ।

बैंकको पदपुर्ति समितिले २१ दिनभित्र आवेदन दिन आह्वान गरेको हो। चार बर्षे कार्यकाल पुरा गरेर कृष्णबहादुर अधिकारी अवकाश भएपछि बैंकको ब्यवस्थापकीय नेतृत्व समता पन्तको हातमा छ। उनी कामु प्रमुख कर्यकारी अधिकृत हुन्।

बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि कम्तिमा स्नातकोत्तर गरेको हुनु पर्छ। व्यवसायिक कार्ययोजना पेश गर्नु पर्छ।

मासिक तलब सुविधा खुलाइएको छैन। यसअघिका प्रमुख कार्यकारीलाई भत्ताबाहेक मासिक ३ लाख रुपैयाँ तलब दिइएको थियो।

3295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका