जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नेपाल राष्ट्र बैंकको चाहना, पारिवारिक सम्बन्ध र मिल्दो जुल्दो शेयर रेसियोका कारण नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक बीच मर्जरको तयारी तिब्र ?

नेपाल राष्ट्र बैंकको चाहना, पारिवारिक सम्बन्ध र मिल्दो जुल्दो शेयर रेसियोका कारण नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक बीच मर्जरको तयारी तिब्र ?

नेपालका पूराना सबल एवं सक्षम बैंक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड बीच मर्जर हुने पक्का पक्की जस्तै भएको छ भन्दा अब चाहि फरक पर्दैन । भनिन्छ हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडबीच मर्जर गर्नका लागि डिडिएको काम तिव्र गतिमा शुरु भएको हिमालयन बैंक उच्च स्रोतको दाबी छ ।

यि दुई ठूला, सक्षम र सबल हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक बीच यहि पौष महिना भित्रै मर्जरको औपचारीक सहमती हुने भएको छ भन्दा अब चाहि फरक पर्दैन ।
यि दुवै बैंकले सहमति गरेपछि पछाडि फर्कनु नपरोस् भनेर दुवै समूह अहिले सम्पूर्ण सम्पति तथा दायित्व (डीडीए) को मूल्यांकन गराउँदै छैन, कर्मचारी ब्यवस्थापन कसरी गर्न सकिन्छ ? आन्तरिक सफ्टवेयर कुन प्रयोग गर्ने ? आदि विषयको छलफलमा पनि उच्चस्तरमा भएको स्रोतको दाबी छ ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकले डीडीए गर्न लगाएपछि राष्ट्र बैंक पनि उत्साहित भएको देखिन्छ । उसले मर्जर सफल बनाउन आफूले सक्ने सहयोग गर्ने र ब्यवहारिक कठिनाइहरु आए त्यसलाई फुकाउन मद्दत गर्ने दुवै बैंकका प्रतिनिधिहरुलाई राष्ट्र बैंकले सन्देश पठाएका राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकले मर्जर समिति बनाएका छन्, यसमा बाहिरबाट एक÷एक जना ‘अब्जर्भर’ पनि राखिएको छ । समितिका सदस्य तथा सञ्चालक समितिका सदस्यहरुले विगतमा मर्जर गराएका अनुभवीहरुसँग पनि छलफल गर्न थालिसकेका भेटिएको छ, भन्दा फरक पर्दैन ।

अहिले डीडीएको काम टीआर उपाध्यायको एकाउन्टिङ फर्मले गरिरहेको छ । हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर किन्नका लागि बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सिडिसी) ले टीआर उपाध्यायलाई नै डीडीए गर्न लगाएको देखिन्छ ।
दुवै पक्षको सहमतिमा उपाध्यायले डीडीए गरिरहेका छन् । अहिले गरिएको डीडीए प्रारम्भिक हो । डीडीएमा धेरै ठूलो अन्तर आएन भने दुवै बैंक एक बराबर एकको शेयर अनुपातमा मर्ज हुने देखिन्छ, भन्दा फरक पर्दैन ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकले डीडीए गर्न लगाएपछि राष्ट्र बैंक पनि उत्साहित भएको देखिन्छ । उसले मर्जर सफल बनाउन आफूले सक्ने सहयोग गर्ने र ब्यवहारिक कठिनाइहरु आए त्यसलाई फुकाउन मद्दत गर्ने दुवै बैंकका प्रतिनिधिहरुलाई राष्ट्र बैंकले सन्देश पठाएका राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

औपचारिक सम्झौताअघि नै यी कुरा टुङ्ग्याएर एक चरण ’स्वेच्छिक अवकाश योजना’ मा जाने दुवैबीच भित्रीरुपमा समझदारीजस्तो बनेको हिमालयन बैंक उच्च स्रोतको दाबी छ । सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमा मोटामोटी भित्री सहमति बनिसकेको देखिन्छ । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेलाई वरिष्ठ सीइओमा ’एड्जस्ट’ गरेर जान सकिनेमा दुवै बैंकका सञ्चालक ढुक्क जस्तो देखिन्छन् । तर, पाण्डेलाई अन्याय हुने एक थरिको बुझाई छ, भन्दा फरक पर्दैन ।

नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकका सम्बद्ध स्रोतहरुका अनुसार, कर्मचारी ब्यवस्थापन के कसरी गर्ने र संस्थालाई कसरी छरितो बनाउने बारेमा छलफल शुरु भएको छ । दुवै पुराना बैंक भएकाले कर्मचारीहरु पनि पुराना छन् । हिमालयन बैंकको तुलनामा नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीको तलब सुविधा कम छ । यसको पुनरावलोकन के कसरी गर्ने भनेर पनि छलफल भएको छ । औपचारिक सम्झौताअघि नै यी कुरा टुङ्ग्याएर एक चरण ’स्वेच्छिक अवकाश योजना’ मा जाने दुवैबीच भित्रीरुपमा समझदारीजस्तो बनेको हिमालयन बैंक उच्च स्रोतको दाबी छ । सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमा मोटामोटी भित्री सहमति बनिसकेको देखिन्छ । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेलाई वरिष्ठ सीइओमा ’एड्जस्ट’ गरेर जान सकिनेमा दुवै बैंकका सञ्चालक ढुक्क जस्तो देखिन्छन् । तर, पाण्डेलाई अन्याय हुने एक थरिको बुझाई छ, भन्दा फरक पर्दैन ।

यस बारेमा सीइओ पाण्डेले केही पनि प्रतिक्रिया दिइसकेका छैनन् । स्रोतका अनुसार, उनले मर्जर सफल बनाउन आफूले सहयोग गर्ने बचन सञ्चालक समितिलाई दिएको भनिएको छ । सोझै सञ्चालक समितिलाई रिपोर्टिङ गर्ने गरी सम्मानजनक ’पोर्टफोलियो’ दिए मात्र सीइओ पाण्डे बैंकमा अडिन सक्ने प्रस्टै देखिन्छ, भन्दा फरक पर्दैन ।हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर भएमा देशकै सबैभन्दा ठूलो वासलात भएको वाणिज्य बैंक बन्ने निश्चित देखिन्छ । यसपछि अरु बैंकलाई पनि एग्रेसिभ मर्जरका लागि दबाब पुग्ने प्रस्टै छ नि । राष्ट्र बैंक उच्च स्रोतले भन्यो ।

राष्ट्र बैंक उच्च स्रोतको दाबी छ भन्दा फकर पर्दैन । दुवै बैंकको सञ्चालक समितिलाई खड्किएको विषय पनि यही हो । हिमालयन बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंकमा भन्दा बढी तलब सुविधा छ । यस्तोमा मर्जर भएर जाँदा दुई बैंकको आ(आफ्नो स्केलमै गइयो भने ब्यवहारिक मर्जर त्यहाँ भइसकेको हुँदैन । त्यही भएर कर्मचारी ब्यवस्थापनमा के गर्न सकिन्छ भनेर दुवै बैंकले अहिलेबाटै बिचारविमर्श गरिरहेको देखिन्छ भन्दा फरक पर्दैन ।

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जानेबित्तिकै ठूलो हुनुपर्ने दबाब अरु बैंकलाई पनि पर्ने निश्चित देखिन्छ नि । नबिल, ग्लोबल आइएमई, एभरेष्ट र एनआइसी एसिया बैंकलाई पहिलो दबाब पर्ने प्रस्टै भन्न सकिन्छ । अन्य बैंकहरु पनि मर्जरमा जाने छन् ।

नबिल र नेपाल इन्भेष्टमेण्ट बैंक बीच निकै लामो समयसम्म दुई बैंकमध्ये कसले बढी नाफा कमाउने र लाभांश बाँड्ने प्रतिस्पर्धा चल्ने गर्दथ्यो । त्यसैले एकले अर्काको वित्तीय विवरण पर्खेर बस्ने प्रवृत्ति दुवै बैंकमा थियो । नबिलले जितेका बेला इन्भेष्टमेन्टको बोर्डले प्रमुख कार्यकारीलाई सोध्ने र इन्भेष्टमेन्टले जितेका बेला नबिलको सञ्चालक समितिले सीइओको स्पष्टीकरण नै सोध्नेसम्मको काम भएको चर्चा बजारमा आउने गरेका उदाहरण हामीसंग छन् ।

भनिन्छ, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्ज भए भने अरु बैंकलाई पनि यसले तान्ने छ । मर्जरको लहर नै चलेर वाणिज्य बैंकहरुको संख्या आधाउधिमा आउने देखिन्छ । राष्ट्र बैंक उच्च स्रोतको दाबी छ भन्दा फकर पर्दैन ।
दुवै बैंकको सञ्चालक समितिलाई खड्किएको विषय पनि यही हो । हिमालयन बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंकमा भन्दा बढी तलब सुविधा छ । यस्तोमा मर्जर भएर जाँदा दुई बैंकको आ(आफ्नो स्केलमै गइयो भने ब्यवहारिक मर्जर त्यहाँ भइसकेको हुँदैन । त्यही भएर कर्मचारी ब्यवस्थापनमा के गर्न सकिन्छ भनेर दुवै बैंकले अहिलेबाटै बिचारविमर्श गरिरहेको देखिन्छ भन्दा फरक पर्दैन ।

यो चुनौती हो भने अवसर अनुभवी कर्मचारी बाहिरबाट ल्याउने हो भन्दा फरक पर्दैन होला ।गत असोजसम्मको वित्तीय विवरण अनुसार, इन्भेष्टमेन्ट बैंकको कुल ऋण एक खर्ब ४४ अर्ब र हिमालयन बैंकको एक खर्ब ४ अर्ब रुपैयाँ छ । निक्षेप नेपाल इन्भेष्टमेन्ट बैंकको एक खर्ब ८४ अर्ब र हिमालयनको एक खर्ब २८ अर्ब रुपैयाँ देखिन्छ ।

नेपालको अर्थतन्त्रमा अहिले ५० अर्बभन्दा बढी पुँजी कोष भएको बैंक आवश्यक छ त ? यसले ब्यापार त गर्ला तर पुँजी वृद्धि अनुसार प्रतिफल दिन सक्छ ? मर्जर अहिलेको आवश्यकता हो तर भद्दा हुने मर्जर कत्तिको आवश्यक छ त, गर्भनर साब ? हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर संस्थासँगै पारिवारिक ब्यवस्थापन पनि भएको भन्न सकिन्छ भन्दा फरक पर्दैन । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेका साला हुन् । उनका ससुरा हिमालयन शम्शेर राणा बैंकमा प्रमुख सल्लाहकार अहिले पनि छन् । मर्जरपछि भिनाजु अध्यक्ष र साला प्रमुख कार्यकारी भनेको त पारिवारिक ब्यवस्थापन जस्तो हो नि होइन र ?
बैंकिङ क्षेत्रका दुई पुराना र ठूला बैंक मर्ज हुँदा प्रणालीभित्रका अन्य बैंक निकै साना देखिनेछन् । अर्थात उनीहरुको प्रतिस्पर्धी क्षमता कम हुनेछ । र, ब्यापार गर्न नसकेर उनीहरु कमजोर देखिने सम्भावना पनि देखिन्छ । तर त्यही बेला ती संस्थाहरु पनि मर्जरमा गए भने प्रतिस्पर्धी बन्न सक्ने छ नि ।

मर्जरपछिको हिमालयन–नेपाल इन्भेष्टमेन्ट बैंकलाई नै पछि पर्न सक्छ । त्यो भनेको दक्ष र अनुभवी कर्मचारी । सवा तीन खर्बको निक्षेप र साढे २ खर्बको ऋण ब्यवस्थापन गर्न सानोतिनो अनुभवबाट सम्भव नहुन सक्छ । यसका लागि बैंकले अन्य संस्थाहरुबाट राम्रा कर्मचारी छान्नुपर्ने हुन्छ । कतिपय अवस्थामा जोखिम न्यूनीकरणका लागि विदेशी कर्मचारी पनि झिकाउनुपर्ने हुन सक्ने देखिन्छ, भन्दा फरक पर्दैन ।

अहिले पनि यी बैंकमा प्रमुख कार्यकारी र विभागीय प्रमुखका बीचमा कर्मचारी अभाव छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा सिइओपछि नायब महाप्रबन्धक छन् । यी दुई पदको बीचमा दुई र चार जना अनुभवी बैंकर अटाउने ठाउँ छन् । हिमालयन बैंकमा तीन जना महाप्रबन्धकहरु राखिएका छन् । त्यहाँ पनि बीचको पदहरुमा कर्मचारी अभावै छ । मर्जरपछि पनि यो खालीपन अझ बढ्छ । यो चुनौती हो भने अवसर अनुभवी कर्मचारी बाहिरबाट ल्याउने हो भन्दा फरक पर्दैन होला ।
गत असोजसम्मको वित्तीय विवरण अनुसार, इन्भेष्टमेन्ट बैंकको कुल ऋण एक खर्ब ४४ अर्ब र हिमालयन बैंकको एक खर्ब ४ अर्ब रुपैयाँ छ । निक्षेप नेपाल इन्भेष्टमेन्ट बैंकको एक खर्ब ८४ अर्ब र हिमालयनको एक खर्ब २८ अर्ब रुपैयाँ देखिन्छ ।

पहिलो समूह हिमालयन शम्शेर राणाको थियो, दोस्रो भीमबहादुर पाँडे तथा पृथ्वीबहादुर पाँडे, तेस्रो मोहनगोपाल खेतान र चौथो नरसिंहबहादुर श्रेष्ठ तथा आनन्दभक्त राजभण्डारीको परिवारको स्वामित्वमा भएका कम्पनी, उनीहरुका आफन्त र मित्रहरुको नाममा सेयर थियो ।

यस हिसाबले आजको मितिमा नयाँ बैंकको निक्षेप ३ खर्ब १३ अर्ब र ऋण २ खर्ब ४८ अर्ब पुग्ने छ । सबैभन्दा बढि निक्षेप र ऋण रहेको (निजी क्षेत्रको) बैंक एनआइसी एसिया बैंकको ऋण २ खर्ब ३ अर्ब छ । निक्षेप २ खर्ब ३१ अर्ब छ । मर्जरपछि यस हिसाबले एनआइसीभन्दा ८२ अर्ब निक्षेप र ४५ अर्ब ऋण बढी हुने छ, त्यो पनि एकदमै कम शाखा सञ्जालबाट ।

दुवै बैंकको राजधानीलगायत देशका विभिन्न शहरहरुमा थुप्रै जग्गा जमिन र आफ्नो भवन छ । कस्ट अफ फण्ड साढे ५ प्रतिशतभन्दा कम हुने छ भने आधार दर सात प्रतिशत हाराहारी हुने छ । यसले गर्दा ब्यापार वृद्धि गर्न मर्जरपछि अझ सजिलो हुने देखिन्छ ।
भनिन्छ, हिमालयन बैंकको स्थापना नेपालका प्रथम गभर्नर हिमालयन शम्सेर राणाको पहलमा भएको हो । अहिले पनि हिमालयन शम्सेर राणा बैंकको सञ्चालक समितिको प्रमुख सल्लाहकारकारूपमा छन् । उनका छोरा अशोक राणा दुई दशकदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत छन्, भन्दा फरक पर्दैन ।

हिमालयन बैंक स्थापना हुँदा उनीहरुका आफन्त र मित्रहरु गरेर चार वटा समूह बनाइएको थियो । यी चार समूहमा प्रत्येकसँग १२.७५ प्रतिशतका दरले ५१ प्रतिशत सेयर थियो । त्यसमध्ये पहिलो समूह हिमालयन शम्शेर राणाको थियो, दोस्रो भीमबहादुर पाँडे तथा पृथ्वीबहादुर पाँडे, तेस्रो मोहनगोपाल खेतान र चौथो नरसिंहबहादुर श्रेष्ठ तथा आनन्दभक्त राजभण्डारीको परिवारको स्वामित्वमा भएका कम्पनी, उनीहरुका आफन्त र मित्रहरुको नाममा सेयर थियो ।

अहिले शशिकान्त अग्रवालसँग केही शेयर छ । त्यसबाहेक मनोजबहादुर श्रेष्ठ र उनका आफन्तको सेयर पनि यो कम्पनीमा छ ।  त्यसबाहेक पाँडेको क्लस्टरमध्ये शशिकान्त अग्रवालसँग आफ्नै नाममा २.६५ प्रतिशत, इन्दिरा मल्लसँग ०.१९ प्रतिशत, नयनतारा मास्केसँग ०.०२ प्रतिशत, मेनुका श्रेष्ठसँग ०.०१ प्रतिशत र स्याकार कम्पनीसँग ०.९९ प्रतिशत सेयर देखिन्छ ।

बैंकको ठूलो सेयर साझेदारमध्येको एक आभा इन्टेरनेशनल कम्पनी हिमालयन शम्सेर राणाको कम्पनी थियो, जुन कम्पनीसँग हिमालयन बैंकमा अहिले पनि ११.३८ प्रतिशत सेयर रहेको देखिन्छ ।
तर आभा इन्टरनेशनल कम्पनीमा अहिले हिमालयन शम्शेर राणाको प्रभाव भने घट्दै गएको छ । आभामा भएको ठूलो सेयर शशिकान्त अग्रवालको हातमा पुगेको छ भने त्यही कम्पनीको केही हिस्सा एनसेलका स्थानीय साझेदार सतिशलाल आचार्यको हातमा पुगेको देखिन्छ भन्दा फरक पर्दैन ।

हिमालयन शम्शेर राणाको क्लस्टरअन्तर्गत उनका आफन्त र मित्रहरु शर्मा एण्ड कम्पनीसँग ०.६६ प्रतिशत, इन्टरनेशनल ट्रेड लिंकसँग ०.४७ प्रतिशत, इलु शर्मा धोबीचौरसँग ०.१३ प्रतिशत, नेत्र राज्यलक्ष्मीसँग ०.०६ प्रतिशत र विजयनारायण सिंहसँग ०.०५ प्रतिशत सेयर रहेको देखिन्छ । त्यसपछि संस्थापक भीमबहादुर पाँडे र पृथ्वीबहादुर पाँडेको परिवार, आफन्त र मित्रले खोलेर स्थापना गरेको कम्पनी छायाँ इन्टरनेशनलसँग हिमालयन बैंकमा अहिले पनि ८.८९ प्रतिशत सेयर छ भन्दा फरक पर्दैन ।
अहिले शशिकान्त अग्रवालसँग केही शेयर छ । त्यसबाहेक मनोजबहादुर श्रेष्ठ र उनका आफन्तको सेयर पनि यो कम्पनीमा छ ।  त्यसबाहेक पाँडेको क्लस्टरमध्ये शशिकान्त अग्रवालसँग आफ्नै नाममा २.६५ प्रतिशत, इन्दिरा मल्लसँग ०.१९ प्रतिशत, नयनतारा मास्केसँग ०.०२ प्रतिशत, मेनुका श्रेष्ठसँग ०.०१ प्रतिशत र स्याकार कम्पनीसँग ०.९९ प्रतिशत सेयर देखिन्छ । ५१ प्रतिशत सेयरबाहेक बाँकी ३४ प्रतिशत सेयर दुई वटा संस्थापक लगानीकर्तासँग छ । त्यसमध्ये एउटा कर्मचारी सञ्चय कोषसँग १४ प्रतिशत सेयर छ भने अर्को २० प्रतिशत सेयर पाकिस्तानको हबिब बैंकसँग छ । बाँकी १५ प्रतिशत सेयर सर्वसाधारण लगानीकर्तासँग छ भन्दा फरक पर्दैन ।

हिमालयन बैंकमा जस्तो इन्भेष्टमेन्ट बैंकमा सीमित पारिवारिक लगानीकर्ताको दबदबा छैन् । तर यहाँ पनि पृथ्वीबहादुर पाँडेको प्रभाव भने बलियो छ । जति बेला पृथ्वीबहादुर पाण्डेले हिमालयन बैंकमा भएको आफ्नो सेयर बेचेर क्रेडिट एग्रिकोलसँग इन्डोस्वोज नेपाल (पछि नेपाल इन्भेष्टमेन्ट बैंक नामामा बदलिएको) को सेयर खरिद गरे त्यतिबेलादेखि नै उनी बैंकमा प्रभावशाली छन् ।

नरसिंहबहादुर श्रेष्ठ र आनन्दभक्त राजभण्डारी तथा उनका आफन्त र मित्रहरु मिलेर स्थापना गरेको कम्पनी एन ट्रेडिङसँग हिमालयन बैंकमा अहिले पनि १२.७१ प्रतिशत सेयर छ । यो कम्पनी अहिले मनोजबहादुर श्रेष्ठ र उनका भाई प्रचण्डबहादुर श्रेष्ठको स्वामित्वमा छ । त्यसबाहेक उनको क्लस्टरमा सुमन राजभण्डारीसँग ०.०४ प्रतिशत सेयर देखिन्छ ।

मोहनगोपाल खेतान तथा उनको परिवारको स्वामित्वमा रहेको कम्पनी म्युचुअल ट्रेडिङसँग हिमालयन बैंकमा अहिले पनि ११.८५ प्रतिशत सेयर छ । जुन कम्पनीमा प्रेमलता खेतान सेयरधनी भएपनि अहिले सिपी खेतान र पिपी खेतानले हेर्छन् । त्यसबाहेक उनको क्लस्टरबाट हिमालयन बैंकमा मारवाडी सेवा समितिको ०.१३ प्रतिशत सेयर र अन्जु खेतानको नाममा ०.७७ प्रतिशत सेयर छ । यो ५१ प्रतिशत सेयरबाहेक बाँकी ३४ प्रतिशत सेयर दुई वटा संस्थापक लगानीकर्तासँग छ । त्यसमध्ये एउटा कर्मचारी सञ्चय कोषसँग १४ प्रतिशत सेयर छ भने अर्को २० प्रतिशत सेयर पाकिस्तानको हबिब बैंकसँग छ । बाँकी १५ प्रतिशत सेयर सर्वसाधारण लगानीकर्तासँग छ भन्दा फरक पर्दैन ।
हिमालयन बैंकमा जस्तो इन्भेष्टमेन्ट बैंकमा सीमित पारिवारिक लगानीकर्ताको दबदबा छैन् । तर यहाँ पनि पृथ्वीबहादुर पाँडेको प्रभाव भने बलियो छ । जति बेला पृथ्वीबहादुर पाण्डेले हिमालयन बैंकमा भएको आफ्नो सेयर बेचेर क्रेडिट एग्रिकोलसँग इन्डोस्वोज नेपाल (पछि नेपाल इन्भेष्टमेन्ट बैंक नामामा बदलिएको) को सेयर खरिद गरे त्यतिबेलादेखि नै उनी बैंकमा प्रभावशाली छन् ।

शशिकान्त अग्रवालपछि सांघाई परिवार, टिवडेवाला, पञ्चकन्या र मर्कन्टाइल इन्भेष्टमेन्ट लगायतको पनि नेपाल इन्भेष्टमेण्ट बैंकमा राम्रै सेयर लगानी छ । नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा ठूलो सेयरधनी भने राष्ट्रिय बीमा कम्पनी हो ।

हिमालयन बैंकमा रहँदा पृथ्वी बहादुर पाँडेले छायाँ इन्टरनेशनल कम्पनीमार्फत सेयर लगानी गरेका थिए भने नेपाल इन्भेष्टमेन्ट बैंकमा उनले छायाँ इन्भेष्टमेन्ट प्रालि खडा गरेर लगानी गरेका थिए । बैंकमा छायाँको ६.६५ प्रतिशत सेयर छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकमा ०.५० प्रतिशतभन्दा बढी सेयर भएका छायाँ जस्तै २३ वटा कम्पनीको कुल ५७ प्रतिशत सेयर लगानी छ । पाँडेपछि इन्भेष्टमेन्ट बैंकमा पनि शशिकान्त अग्रवाल प्रभावशाली सेयरधनी हुन् । उनले आधा दर्जन कम्पनीमार्फत १० प्रतिशतभन्दा माथि सेयर छ भन्दा फरक पर्दैन ।

शशिकान्त अग्रवालपछि सांघाई परिवार, टिवडेवाला, पञ्चकन्या र मर्कन्टाइल इन्भेष्टमेन्ट लगायतको पनि नेपाल इन्भेष्टमेण्ट बैंकमा राम्रै सेयर लगानी छ । नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा ठूलो सेयरधनी भने राष्ट्रिय बीमा कम्पनी हो । यो कम्पनीसँग १२.१५ प्रतिशत सेयर छ भने राष्ट्रिय बीमा संस्थानसँग १.१४ प्रतिशत र नागारिक लगानी कोषसँग २.६३ प्रतिशत सेयर छ । यसबाहेक बैंकमा सर्वसाधरण सेयरधनीको ३१ प्रतिशत सेयर छ भन्दा फरक पर्दैन ।

पारिवारिक सम्बन्ध र मिल्दो जुल्दो शेयरधनी भएकै कारण केही महिना भित्रै यी दुई बीच मर्जर भए अचम्म मान्नु पर्दैन । यि दुई बैंक मर्ज भए पुँजीमा ठूलो, बैंक कर्जामा ठूलो बैंक र डिपोजिटमा पनि ठूलो बैंक बने पनि शाखा सञ्जालमा चाहि केही सानो नै बन्ने देखिन्छ ।

नेपाल राष्ट्र बैंकको चर्को दबाब र पारिवारिक सम्बन्ध मिल्दो जुल्दा प्रमोटर शेयरधनीहरुको नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकमा प्रमोटर शेयर छ । यसकारण पनि अव यी दुई बैंक मर्जर हुने विषयमा दुई मत देखिदैन । सचेत भया । (राजतिलक साप्ताहिकबाट साभार गरिएको)

12250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका