जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एभरेष्ट बैंकद्वारा महिला उद्यमी र चालकलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण

एभरेष्ट बैंकद्वारा महिला उद्यमी र चालकलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण

एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालि तिलोत्तमा, रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ ।

लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालिका ५५ भन्दा बढी सदस्यहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका गरेका हुन् ।

सो अवसरमा उनले यसको प्रयोगले नगद कारोबार बोक्नुपर्ने झन्झट मुक्त हुने र व्यापार प्रबर्द्धनमा समेत सहयोग पुग्ने बताए ।

यसैगरी तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वर देवि चौधरीले एभरेष्ट बैंकको वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण कार्यले सर्वसाधारणलाई सरल तथा सुरक्षित बैंकिङ्ग सुविधा उपलब्ध हुने बताइन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर, भैरहवाका प्रमुख सतेन्द्र राज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीले १०० भन्दा बढी टेम्पो तथा ई–रिक्सा चालक र महिला उद्यमीहरुलाई वित्तीय साक्षरताबारे सचेतना प्रदान गरेका थिए ।

फोन- पेको सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रमा फोन- पेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाको समेत उपस्थिति थियो ।
स्थापना कालदेखिनै ग्राहकहरुको रोजाइमा परेको उक्त कम्पनीको हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् भने देशभर १२७ वटा शाखा सञ्जाल, ३ वटा एक्सटेन्सन काउण्टर, ७ ओटा प्रादेशिक कार्यालय, १६२ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान रहेको छ ।

साथै कम्पनीले सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आएको छ ।

3185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका