जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • लक्ष्मी सनराइज बैंकले बोलायो साधारण सभा

लक्ष्मी सनराइज बैंकले बोलायो साधारण सभा

लक्ष्मी सनराइज बैंक लिमिटेडले पुस १४ गते २५ औँ वार्षिक साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न बैंकले साधारण सभा बोलाएको हाे। सभा पुस १४ गते, सोमबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले बैंकको सञ्चालक समितिको संरचना हेरफेर गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

1140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका