जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२
  • होमपेज
  •  लुम्बिनी विकास बैंकले सुरु गरे क्यास विथड्रल सेवा

 लुम्बिनी विकास बैंकले सुरु गरे क्यास विथड्रल सेवा

लुम्बिनी विकास बैंकले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम(नेप्स)को कार्ड प्रोसेसिङ स्विच प्रयोग गरेर क्यास विथड्रल सेवा सुरु गरेका छन्।

योसँगै बैंकका ग्राहकले एटीएम कार्ड बिना नै एटीएम मेसिनबाट सहज र सुरक्षित हिसाबले नगद निकाल्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकका ग्राहकले मोबाइल बैंकिङ एप लगइन गरेर कार्डलेस विथड्रल सेलेक्ट गर्नुपर्नेछ। बैंकका अनुसार आफूले झिक्न चाहेको रकम प्रविष्ट गरेर प्रोसिड थिच्नुपर्छ।

त्यसपछि दर्ता गरिएको मोबाइल नम्बरमा ग्राहकको ‌ओटीपी कोड पठाईने बैंकले जनाएको छ। त्यसपछि बैंकको कुनै पनि एटीमएमा गएर कार्डलेस ट्रान्जेक्सन चयन गर्नुपर्नेछ। त्यसपछि आफ्नो मोबाइल नम्बर, ओटीपी कोड र आफूले झिक्न चाहेको रकम प्रविष्ट गरेर एटीएम मेसिनबाट नगद झिक्न सकिने बैंकले जनाएको छ।

यो सेवा लक्ष्मी सनराज बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई. बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंकले कार्यान्वयनमा ल्याइसकेका छन्।

3005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?