जोडिनुहोस
सोमवार, माघ २८, २०८१
सोमवार, माघ २८, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको ६ महिनाको नाफा २७.४३ अर्ब

वाणिज्य बैंकहरुको ६ महिनाको नाफा २७.४३ अर्ब

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको २७ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको पुसमा वाणिज्य बैंकहरुको नाफा २८ अर्ब ७६ करोड थियो । ब्याजको किस्ता नउठ्दा बैंकहरुले ऋण सुरक्षणका लागि कर्जा नोक्सानी व्यवस्थापनको खर्च बढाएका छन् । २० बैंकमध्ये ११ वटाको नाफा बढेको छ । बाँकी ९ को घटेको छ ।


सार्वजनिक विवरण अनुसार प्रभु बैंकको नाफा सबैभन्दा धेरै ८५.४९ प्रतिशतले वृद्धि भएको छ । धेरै नाफा गर्नेमा नबिल बैंक छ । नबिलले ३ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ । आर्थिक गतिविधि सुस्त भए पनि अधिकांश बैंकहरु असुलीमा सुधार गर्दा नाफा बढाउन सफल भएका छन। एनआईसी एसिया, कुमारी, नेपाल, सिटिजन्स, कृषि विकास, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा खुम्चिएको छ ।

एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै ९२.०३ प्रतिशतले खुम्चिएको छ । पुस मसान्तसम्म बैंकले १५ करोड १७ लाख नाफा गरेको छ। अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ९० करोड नाफा गरेको थियो ।

210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका