जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • बैंक अफ चाइनाका पूर्व अध्यक्ष लिउ पक्राउ, आर्थिक अनियमितता गरेको आरोप

बैंक अफ चाइनाका पूर्व अध्यक्ष लिउ पक्राउ, आर्थिक अनियमितता गरेको आरोप

बैंक अफ चाइनाका पूर्व अध्यक्ष लिउ लियान्ज पक्राउ परेका छन्। घुस लिएको र गैरकानुनी रुपमा ऋण प्रवाह गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

सरकारी स्वामित्वमा रहेको बैंकमा उनी सन् २०१९ देखि २०२३ सम्म अध्यक्ष थिए। यही वर्षको मार्चमा उनले राजीनामा दिएका थिए। त्यसको केही सातापछि चिनियाँ अधिकारीहरुले उनीमाथि भ्रष्टाचार अभियोगमा छानबिन भइरहेको जनाएको थियो।

६२ वर्षीय लिउ चीनका सिनियर बैंकरमध्ये एक हुन्। राष्ट्रपति सी चिनफिङको भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत हालसम्म कयौं बैंकरहरु पक्राउ परिसकेका छन्। कयौं छानबिन अन्तर्गत छन् भने केहीलाई जरिवाना गरिएको छ।

लिउलाई केही साताअघि मात्रै चिनियाँ कम्युनिष्ट पार्टीबाट निलम्बन गरिएको थियो। उनको गैरकानुनी गतिविधिबाट देशको आर्थिक अवस्था खतरामा परेको चीनको सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्सपेक्सनले जनाएको छ।

4100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?