जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बैंक अफ काठमाडौंले ल्यायो बिओके प्रिमियम प्लस बचत खाता, ८.०३% ब्याजदर पाइने

बैंक अफ काठमाडौंले ल्यायो बिओके प्रिमियम प्लस बचत खाता, ८.०३% ब्याजदर पाइने

ग्राहकलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डूले बिओके प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ ।

हाल बैंकिङ्ग क्षेत्रहरुमा प्रदान गर्ने ब्याजदरभन्दा बढि ब्याजदरसहितकाे अन्य धैरे नि: शूल्क सुविधाहरु रहेको यस बचत खाता खोली ग्राहकहरुले उच्चतम् लाभ लिन सक्ने बैंकले जनाएकाे छ । बैंककाे अनुसार यस बचत खातामा ग्राहकहरुले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर पाउनेछन् ।

साथै, १० हजारको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकहरुलाई थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरुको व्यवस्था गरिएकाे बैंकले जनाएकाे छ ।

बैंककाे अनुसार ग्राहकहरुले सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ्ग सेवाहरु जस्तै चेक बुक, ब्यालेन्स सर्टिफिकेट, डिम्याट अकाउन्ट, इकमर्स एक्टिभेसन, एबिबिएस खाताको विवरण, मेरो सेयर कनेक्ट आइपिएस, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाईल बैैंकिङ्ग यस बचत खातामा निशुल्क उपलब्ध हुनेछ ।

2660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका