जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • नेशनल लाइफको अभिकर्ता सम्मान तथा बडादशैंको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

नेशनल लाइफको अभिकर्ता सम्मान तथा बडादशैंको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बडादशैं २०८० शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको काठमाडौ शाखामा विशेष कार्यक्रमको आयोजना गरि बरिष्ठ व्यवसाय प्रवन्धक रबिन्द्र राज श्रेष्ठ समूह अन्तर्गतका अभिकर्ताहरुको भेला भई बडादशैं २०८० को शुभकामना आदान–प्रदानका साथै गत आर्थिक वर्ष मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरुलाई पुरस्कार बितरण एवं सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रवार काठमाण्डौ शाखा कार्यालय घण्टाघरमा एक बिशेष कार्यक्रमकाबीच कम्पनीका क्षेत्रीय प्रबन्धक सुमोद थापाको प्रमुख आतिथ्यता तथा बरिष्ठ व्यवसाय प्रवन्धक रबिन्द्र राज श्रेष्ठको सभापतित्व लगायत सहायक क्षेत्रीय प्रवन्धक रबिन्द्र शाक्य, शाखा प्रमुख जयराम धिताल बिकाश अधिकृत प्रशान कपाली सहित ५ दर्जन जति सहभागीहरुको समुपस्थितिमा उक्त भव्य कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा स्वागत मन्तव्यका क्रममा शाखा प्रमुख जयराम धितालले समसामयिक बिषयमा प्रकाश पार्नुका साथै यस्ता कार्यक्रमको आयोजनाले अभिकर्तालाई निरंतर रुपमा क्रियाशील रहन प्रोत्साहन हुने बताउंदै लक्ष्य प्राप्तिका लागि निरंतर क्रियाशील सम्पूर्णमा सफलता प्राप्तिको कामना गर्दै आउँदै गरेको विजया दशमी,दीपावली,छठ पर्वको तथा नेपाल सम्बत ११४४ को शुभकामना ब्यक्त गरेका थिए ।

उक्त अवसरमा गत दुई आर्थिक वर्षमा उत्कृष्ट योगदान दिन सफल अभिकर्ताहरुलाई कम्पनीका सहायक क्षेत्रीय प्रवन्धक लगायत शाखा प्रमुखको समुपस्थितिमा खादा माला टिका र बिभिन्न पुरस्कार प्रदान गरि सम्मान गरेको थियो ।

साथै बरिष्ठ ब्यवसाय प्रवन्धक श्रेष्ठले सो अवसरमा आफूलाई बीमाको क्षेत्रमा मार्ग निर्देश गरि रजत महोत्सवको यात्रा सम्म पुर्याउन भूमिका खेल्ने पार्बती जोशी प्रधानलाई गुरु शिष्य परम्परानुसार सम्मान पत्र सहित बिशेष पुरस्कार प्रदान गरि सम्मान गरेका थिए ।

3565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?