जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एफएनसीसीआईको नेतृत्वका लागि दुई समूह मैदानमा

एफएनसीसीआईको नेतृत्वका लागि दुई समूह मैदानमा

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नेतृत्वका लागि दुई समूह प्रतिस्पर्धामा उत्रिएको छ। एउटा समूहले एक महिनाअघि आफ्नो प्यानल घोषणा गरेकामा अर्को समूहले सोमबार आफ्ना उम्मेदवारको सूची सार्वजनिक गरेको छ।

वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समूहले आसन्न ६०औं वार्षिक साधारण सभाका लागि सोमबार होटल र्‍याडिसनमा एक कार्यक्रमका गरी प्यानल घोषणा गरेको हो। प्यानल घोषणामा अञ्जन सहभागी थिए। महासंघको विधान अनुसार आगामी साधारणसभाबाट अञ्जन स्वत: अध्यक्ष हुनेछन्। तर यो समूहले नयाँ प्यानल घोषणा गर्दा वरिष्ठ उपाध्यक्षको उम्मेदवार सार्वजनिक गरेको छैन। रामचन्द्र संघई र सुरकृष्ण वैद्यमध्ये कसलाई अगाडि सार्ने भन्ने विषयमा सहमति नजुटेका कारण अञ्जन समूहले वरिष्ठ उपाध्यक्षमा उम्मेदवार घोषणा नगरेको हो।

अन्जनले हालका उपाध्यक्ष सुरकृष्णको नाम लिइरहेका छन्। तर अञ्जनसँग यसअघि नै वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गरेका संघईले सुरकृष्णको नाममा सहमति जनाएका छैनन्। संघईले यसअघि अञ्जन संघ प्रतिस्पर्धा गर्दा सुरकृष्णले उनकै प्यानलबाट उपाध्यक्ष जितेका थिए। अञ्जनको समूहले वस्तुगततर्फ शिव प्रसाद घिमिरे, एसोसिएटतर्फ प्रवलजंग पाण्डे, जिल्ला नगरतर्फ दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मालाई उपाध्यक्षको उम्मेदवार घोषणा गरेको छ।

शिव घिमिरे
जिल्ला नगर उपाध्यक्षमा भैरहवाका शर्मा र धुलिखेल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं महासंघका बागमती प्रदेश अध्यक्ष दिलसुन्दर र वस्तुगत उपाध्यक्षमा घिमिरेले यसअघि नै भोट माग्न थालिसकेका थिए।

दिलसुन्दरले उद्योगी व्यवसायीहरुमा समस्यासँ परिचित रहेका कारण उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएको बताए। ‘म जिल्ला नगरका समस्यासँग भिजेको मान्छे हुँ,’ उनले भने, ‘आगामी नेतृत्वमा रहेर निजी क्षेत्रको हकहितका लागि म पूर्ण प्रतिबद्ध रहनेछु।’

दिलसुन्दर श्रेष्ठ
अञ्जनको समूहका तर्फबाट कार्यसमिति सदस्यका उम्मेदवारमा रघुनन्दन मारु, रविन पुरी, अरनिको राजभण्डारी, राजकुमार कार्की, वसन्तचन्द्र मरहठ्ठा, सुनिता न्हेमाफुकी, संघर्ष विष्ट, राजेशभक्त श्रेष्ठ, होमप्रसाद घिमिरे, धनप्रसाद लामिछाने, धर्मराज सापकोटा, कृष्णप्रसाद अवाले, एब बहादुर थापा, विश्वनाथ खनाल, नानीराज घिमिरे र ध्रुवबहादुर गौतम छन्।


चैत २९ र ३० गते हुने साधारणसभा अन्तर्गत एफएनसीसीआईले यसअघि नै निर्वाचन तालिका सार्वजनिक गरेको छ। एफएनसीसीआईले उम्मेदवारी दर्ताका लागि चैत २२ गतेसम्मको समय तोकेको छ।

उपाध्यक्ष हेमराज ढकालको समूहले यसअघि नै प्यानल घोषणा गरिसकेको छ। ढकालको प्यानलमा एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा कल्पना गैरे र उमेश डालमिया, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र महिला उपाध्यक्षमा कमला श्रेष्ठ उम्मेदवार छन्।


एफएनसीसीआईका अध्यक्ष चन्द्र ढकाल दुवै प्यानलको कार्यक्रममा सहभागी भएका छन्।

355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका