जोडिनुहोस
शुक्रबार, असार १७, २०७९
शुक्रबार, असार १७, २०७९
  • होमपेज
  • नयाँ जीवन र निजीवन बीमा कम्पनीको लाइसेन्स दिदैनौ

नयाँ जीवन र निजीवन बीमा कम्पनीको लाइसेन्स दिदैनौ

सूर्य प्रसाद सिलवाल चिनाई राख्नु पर्ने नाम होइन लामो समय प्रशासनिक क्षेत्रमा काम गरेर जीवन र निजीवन बीमा कम्पनीहरुको नियवनकारी निकाय बीमा समितिको अध्यक्ष बन्नु भएको छ । बीमा समितिले आगामी जेठ १ गते आफ्नो बार्षिकोउत्सव मनाउँदैछ । यसै विषयमा रही नेपाली बीमा बजार, बीमा कम्पनीहरुको पूँजी बृद्धि योजना, कोरोना बीमा भुक्तानी आदि विषयमा केन्द्रीत रहि आर्थिक बजार मासिकका सम्पादक भूपेन्द्र आचार्यले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसंग गरेको लामो कुराकानीका केही अंशः

० तपाईं बीमा समितिको अध्यक्ष बनेर आएपछि बीमा बजारमा कस्तो प्रगति भयो र बीमा बजार कस्तो हुनेवाला छ त ?
पहिलो कुरा बीमा कम्पनीहरुमा सुशासन मजबुद गराउने काम भएको छ । दाबी भुक्तानीलाई सहजरुपमा दिलाउने बातावरण हामीले बनाएका छौं । बीमा बजार धेरै व्यवस्थित भएको छ । बीमा बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा रोक्ने काम भएको छ । बीमाको बजारलाई विश्वासिलो बजार बनाउँदै छौं । अर्को कुरा अनुगमन तिब्ररुपमा बीमा समितिले गरेको छ ।

मान्छेहरुमा बीमा प्रति विकृती बढेर गयो । कम पैसामा बीमा भए क्षती दिन बीमा कम्पनी असफल नै भए । त्यसकारण पूँजी कम भयो । दायित्व बढेर गयो । त्यसकारण पूँजी बृद्धि गर भनेका छौं । सकिन्छ भने पूँजी बृद्धि गर नत्र आफूसंग मिल्ने कम्पनी खोजेर मर्जर गर भनेको चाहि सत्य हो । सबै कम्पनीले यसलाई सकारात्मकरुपमा लिएकै भएर त दुईवटा एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सले मर्जरको स्वीकृती नै लगेको छ नि ।

निरिक्षण प्रतिवेदनले औल्याएका कमि कमजोरीलाई तत्कालै सुधार गर्न निर्देशन दिएका छौं । बीमाको दाबी भुक्तानी नदिने परम्परा थियो । यो वर्ष बीमाको दाबी भुक्तानी वर्ष नै मनाउने योजना गरेका छौं । सबै बीमा कम्पनीका सीइओ र सञ्चालक बोलाएर बैठक गरेका छौं । जीवन र निजीवन बीमा कम्पनीहरुलाई दिन मिल्ने, तत्कालै दिने र नमिल्नेको छुट्टै फाइल बनाउन निर्देशन नै हामीले गरेको छौं ।
तेस्रो कुरा लगातार निगरानी हुनु पर्दछ । निरिक्षण गरिनु पर्दछ । हामी नियमनकारी निकाय हो । बीमा कम्पनीहरु व्यवसाय गरेर बस्ने कम्पनी हुन । त्यसकारण विगत र आजमा बीमा बजारमा धेरै फरक भएको छ नि ।

० एकाएक जीवन र निजीवन बीमा कम्पनीहरुको पुँजी बृद्धिको योजना बीमा समितिबाट आयो । पूँजी बृद्धि गर्न मर्जर गर भनेको हो नि होइन र ?
एक अर्थमा मर्जर नै हो । नेपाल जस्तो देशमा बीमा कम्पनी बढि नै भएको हो र अस्वस्थ प्रतिस्पर्धा पनि बढ्यो । विश्वसनीय वातावरण बीमा कम्पनीहरुले कायम गर्न सकेनन् । मान्छेहरुमा बीमा प्रति विकृती बढेर गयो । कम पैसामा बीमा भए क्षती दिन बीमा कम्पनी असफल नै भए । त्यसकारण पूँजी कम भयो । दायित्व बढेर गयो । त्यसकारण पूँजी बृद्धि गर भनेका छौं । सकिन्छ भने पूँजी बृद्धि गर नत्र आफूसंग मिल्ने कम्पनी खोजेर मर्जर गर भनेको चाहि सत्य हो । सबै कम्पनीले यसलाई सकारात्मकरुपमा लिएकै भएर त दुईवटा एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सले मर्जरको स्वीकृती नै लगेको छ नि ।

० पूँजी बृद्धि गर्दा कम्पनी बलियो पक्कै होला तर, सुशासनका कुरा, राईट शेयरका कुरा र कर्मचारी व्यवस्थापनका कुरा पनि छन् नि यसलाई चाहि कसरी लिनु
भएको छ ?
यो सुशासनको कुरा सबै बीमा कम्पनीहरुले मान्नै पर्दछ । कानुन बमोजिम कम्पनी जानुपर्दछ । सबै कम्पनी मर्जरमा नजालान् । उनीहरुले पूँजी पु¥याउनै पर्दछ । हामीले ४ देखि ५ जना कर्मचारी एउटा शाखामा हुनुपर्दछ भनेका छौं । प्रगति गर्न नसकेका, बदनामी कमाएका कम्पनीहरुको जिम्मा मैले लिने कुरा भएन नि । कर्मचारीहरु पनि मिलाउनु पर्दछ भन्ने हाम्रो कुरा हो ।

० जीवन बीमा कम्पनीको २ अर्बबाट ५ अर्ब, निजीवन बीमा कम्पनीहरुको १ अर्बबाट साढे २ अर्ब पूँजी पु¥याउने कुरा छ । यसबाट उनीहरुले दिने प्रतिफल घट्ने देखिन्छ नि ?
यस्तो होइन, एउटै केकलाई १९÷२० वटा भाग लगाएर खायौं र केक भन्दा बाहिर हामी गएनौ ? त्यही खोसेर खाने काम भयो । कर्मचारी खोस्ने, बीमाको सरेन्डर हुने जस्ता कुरा मेन छन् । पूँजी बढेपछि सबै कुरा कम्पनीमा बढ्ने छ । कर्मचारीलाई तालिम दिने र बैंकहरुले दिएको भन्दा बढि रिटन बीमा कम्पनीले दिने वातावरण पूँजी बृद्धि भएपछि नै हुन्छ नि ।
यति मात्रै होइन बीमाको बजार विस्तार पनि बढेर जान्छ । पूँजीको जोखिम व्यवस्थापन पनि हामीले गरेका छौं । त्यसकारण पूँजी बृद्धि भएपछि अस्वस्थ प्रतिस्पर्धाको अन्त्य हुने छ नि । त्यसकारण पूँजी बृद्धिको योजना समसामयिक छ । बीमा कम्पनीहरुले स्वागत पनि गरेको अवस्था छ । भूपेन्द्रजी, अहिले बीमा कम्पनीहरुको ५÷६ प्रतिशतका रिर्टन छ यो हेर्दा कम्पनीहरुले कसरी बोनस, मुनाफा दिन्छ । यो सबै कुरा हेरेर हामीले पूँजी बृद्धिको योजना अगाडी ल्याएका छौं ।

लघुबीमा माइक्रोफाइनान्सले गरे जस्तै गर्ने हो । गाउँ, दुरदराजमा बीमा गर्ने हो । लघु बीमा स्थानिय सरकारबाटै गरिनु पर्दछ । भन्ने हाम्रो कुरा छ । कृषि बीमा गर्ने, पशु बीमा गर्ने, गरिबहरुको बीमा गर्ने हो । अहिलेका कम्पनीहरुले गर्न सकेनन् । त्यसकारण लघु बीमा जरुरी छ । यो आउने नै छ तर, लाइफ र ननलाईफ नयाँ बीमा कम्पनी अब आउँदैनन् नि ।

० नयाँ बीमा कम्पनीहरु पनि बजारमा आउने चर्चा पनि छ नि यस बारेमा प्रस्ट पार्न जरुरी देखिन्छ नि अध्यक्षज्यू ?
अब नयाँ जीवन र निजीवन बीमा कम्पनी बजारमा आउँदैन । ढुक्क भए हुन्छ । भएका बीमा कम्पनीहरुको पूँजी बृद्धि गर्न सक्नेले पूँजी थप्ने नसक्नेले मर्जर गर्ने । पूँजी बृद्धि गर्दा राइट शेयर हामी कम दिन्छौं । १० देखि २५ प्रतिशत मात्रै हुन्छ । १ सय प्रतिशत हुँदैन । शेयर बजारलाई विथोल्ने पाराबाट राईट शेयरमा आउने हो । त्यसकारण हामीले बढि राइट शेयर दिँदैनौ । धेरै कम्पनीहरुले पूँजी बद्धिका योजना ल्याएका छन् । केहीले राम्रो ल्याएका छन् । केहीले हावादारी तरिकाले ल्याएका छन् । सबै रेकर्ड त बीमा समितिमा कम्पनीहरुको छ नि । त्यसकारण काम गर्न नसक्नेले मर्जरमा जाने नै हो । राम्रोले पुँजी पु¥याएर व्यवसाय विस्तार गर्ने हो नि होइन र ?

० लघु बीमा कम्पनीहरु चाहि बिस्तार गर्ने योजना के कस्ता छन् त अध्यक्षज्यू ?
यो फरक पाटो हो । यो लघुबीमा माइक्रोफाइनान्सले गरे जस्तै गर्ने हो । गाउँ, दुरदराजमा बीमा गर्ने हो । लघु बीमा स्थानिय सरकारबाटै गरिनु पर्दछ । भन्ने हाम्रो कुरा छ । कृषि बीमा गर्ने, पशु बीमा गर्ने, गरिबहरुको बीमा गर्ने हो । अहिलेका कम्पनीहरुले गर्न सकेनन् । त्यसकारण लघु बीमा जरुरी छ । यो आउने नै छ तर, लाइफ र ननलाईफ नयाँ बीमा कम्पनी अब आउँदैनन् नि ।

० बीमा समितिले १ सय नगरपालिकामा बीमा सम्बन्धी जनचेतना मूलक कार्यक्रम गर्ने योजना बनाएको थियो । यो चाहि कहाँ पुग्यो त ?
५० वटा नगरपालिकामा हामी पुगेका छौं । निर्वाचनले रोकिएको छ । नयाँ जनप्रतिनिधी आएपछि अरु ५० नगरपालिकामा हामी पुग्ने छौं । हामी १०० वटै पु¥याउने छौं । ५ वटै प्रदेशमा हामी पुगी सकेका छौं । कणार्ली प्रदेशले सबैको बीमा गरिदिएको छ । त्यसकारण बीमा बजारमा जनचेतना बढेको छ । चन्दा दिने होइन । स्थानिय सरकारले बीमा गर्ने हो भन्ने सन्देश गएको छ । यसबाट जोखिमको (रिक्स) बहन हुन्छ नि ।

रणनीति बनेपछि नै कार्यक्रम बन्ने हो । त्यसकारण सबै प्रकारका सरकारी नीति बनेपछि काम गर्ने हो । दक्षिण एशियाकै बीमा बजारमा नेपाल अगाडी छ । हामी ४० प्रतिशतको बीमा बजारमा पुग्दैछौ । म आउँदा २६÷२७ प्रतिशत मात्रै बीमा बजार थियो । १ वर्षमा हामीले यति ग¥यो । कोरोना बीमाले बीमा के हो ? भन्ने मान्छेमा चिनाएको र बदनाम पनि भएकै हो । कोरोना बीमाको भुक्तानी हुनुपर्दछ । यो बदनामीलाई मेट्ने काम गरिनु पर्दछ ।

० कोरोना कहरबीच विश्वमै नभएको कोरोना बीमा, बीमा समितिकै नेतृत्वमा आयो तर अहिलेसम्म आँधा भन्दा बढि बीमितले भुक्तानी नै नपाएको अवस्था छ नि अध्यक्षज्यू ?
मैले यसबारेमा सरकारसंग धेरैपटक कुरा गरे । मन्त्रीज्यू सकारात्मक हुनुहुन्छ । मन्त्रीज्यूले यसको विकल्प माग्नु भयो हामीले २ वटा विकल्प दियौं जुनमा गए पनि हुन्छ । ३÷४ दिन अगाडी अर्थमन्त्रीज्यू र सचिवज्यूसंग कुरा हुँदा तत्कालै १ अर्ब पैसा पठाई दिनु भन्ने सचिवलाई आदेश भएको छ । त्यो आयो भने हामी थपेर कोरोना बीमाको भुक्तानी दिन्छौं । सरकार बीमाको बारेमा सचेत हुनुप¥यो । मेलम्चीको बाढीले कस्तो अवस्था भयो ९ अर्बको क्षती भयो । यसको बीमा थिएन नि भएको भए कम्पनीले क्षतिपूर्ति दिने थिए । राज्यलाई कति घाटा भयो । त्यसकारण बीमा बजार बढाउन राज्य लाग्नु पर्दछ । बीमा समितिको त काम नै हो हामी लागि परेका छौं नि ।

जसको पूँजी बृद्धिको सम्भावना हुन्छ उसले बढाउने छ । साधारण शेयर जारी नगर्नेहरुले १ करोड ४० लाख बराबरको राख्ने भन्ने कुरा छ । यति बरारबरको पुँजी १ करोड ४० लाख बराबरको प्रमोटरले राख्ने भन्ने पनि छ । यसबाट २ अर्ब ८० करोड भयो । यसको २० प्रतिशत निस्काशन गर्ने । त्यसबाट ४ अर्ब भयो । अनि त्यो वर्षको बोनस राख्ने भन्ने कुरा पनि आएको छ । यसमा केही राईट शेयर दिए ५ अर्ब पु¥याउने योजना पेश भएका छन् । यसलाई मैले राम्रो भनेको छु । सक्ने कम्पनीहरुले तर यति गर्न नसक्ने कम्पनीहरु मर्जरमै जाने हो । मर्जर गर्दा पुँजी पुग्ने नै छ नि ।

० बीमा समितिले सम्बन्धित मन्त्रालयमा बीमा नीति बनाएर पठाएको छ भनिन्छ यो बीमा नीति भित्र के कस्ता कुरा छन् र यो बीमा नीति आएपछि बीमा बजारमा कायापलट नै हुनेछ भन्न मिल्दछ कि कसो हो अध्यक्षज्यू ?
हाम्रो जस्तो मुलुकमा सबैका नीति छन् । बीमाको राष्ट्रिय नीति नै छैन । नीतिले सबै कम्पनीलाई एउटा बाटो देखाउने हो । नीति भएपछि नै रणनीति बन्ने हो । रणनीति बनेपछि नै कार्यक्रम बन्ने हो । त्यसकारण सबै प्रकारका सरकारी नीति बनेपछि काम गर्ने हो । दक्षिण एशियाकै बीमा बजारमा नेपाल अगाडी छ । हामी ४० प्रतिशतको बीमा बजारमा पुग्दैछौ । म आउँदा २६÷२७ प्रतिशत मात्रै बीमा बजार थियो । १ वर्षमा हामीले यति ग¥यो । कोरोना बीमाले बीमा के हो ? भन्ने मान्छेमा चिनाएको र बदनाम पनि भएकै हो । कोरोना बीमाको भुक्तानी हुनुपर्दछ । यो बदनामीलाई मेट्ने काम गरिनु पर्दछ ।

मेरो आग्रह छ बीमालाई बिस्तार गरौं । राज्यको रिक्स घटेर जान्छ । भन्ने कुरा मुख्य हो । सबैमा बीमा पु¥याउन बीमा नीति चाहिन्छ भन्ने कुरा नै हो नि । बीमाबाट सबै नेपालीले लाभ दिनु पर्दछ भन्ने नै हो । तीनै तहका सरकारले बीमा बजार बुझिदिनुपर्दछ । नीति राम्रो भए बीमा बजार बढ्ने छ । हामीले लिएका निर्णय र गरेका कार्यक्रमहरुले पक्कै नि बीमा बजार बढेको मात्रै छैन बीमा गर्नुपर्दछ भन्ने भावना आम नेपालीहरुमा बढ्दै गएको देखिन्छ । बीमाबाट मात्रै आर्थिक जोखिम बहन हुन्छ नि ।

० नयाँ बीमा कम्पनीहरुले साधारण शेयर बजारमा लगेका छैन । कतिले त वार्षिक साधारण सभा नै गर्न सकिरहेका पनि छैनन । यस्तो बेलामा यी बीमा कम्पनीहरुलाई पूँजी बढाउँ भन्दा उनीहरुको अवस्था चाहि कस्तो होला अध्यक्षज्यू ?
यसमा दुईवटा पाटो छ । जसको पूँजी बृद्धिको सम्भावना हुन्छ उसले बढाउने छ । साधारण शेयर जारी नगर्नेहरुले १ करोड ४० लाख बराबरको राख्ने भन्ने कुरा छ । यति बरारबरको पुँजी १ करोड ४० लाख बराबरको प्रमोटरले राख्ने भन्ने पनि छ । यसबाट २ अर्ब ८० करोड भयो । यसको २० प्रतिशत निस्काशन गर्ने । त्यसबाट ४ अर्ब भयो । अनि त्यो वर्षको बोनस राख्ने भन्ने कुरा पनि आएको छ । यसमा केही राईट शेयर दिए ५ अर्ब पु¥याउने योजना पेश भएका छन् । यसलाई मैले राम्रो भनेको छु । सक्ने कम्पनीहरुले तर यति गर्न नसक्ने कम्पनीहरु मर्जरमै जाने हो । मर्जर गर्दा पुँजी पुग्ने नै छ नि ।

० बजेट बन्ने बेला आयो असार भित्र बजेट आउदै छ । बजेटमा चाहि बीमा समितिले के कस्तो सुझाव दिएको छ त अध्यक्षज्यू ?
हामीले बजेटमा १४÷१५ बुँदाका सुझाव पठाएका छौं । एउटा बीमाको राष्ट्रिय नीतिकै बारेमा छ । एउटा बीमा विस्तार गर्न माइक्रोको बारेमा छ । त्यसबाहेक बीमाको दायरा भित्र मान्छे ल्याउने कुरा, कर छुटका कुरा पनि छन् । मेरो आग्रह छ बीमालाई बिस्तार गरौं । राज्यको रिक्स घटेर जान्छ । भन्ने कुरा मुख्य हो । सबैमा बीमा पु¥याउन बीमा नीति चाहिन्छ भन्ने कुरा नै हो नि । बीमाबाट सबै नेपालीले लाभ दिनु पर्दछ भन्ने नै हो ।
तीनै तहका सरकारले बीमा बजार बुझिदिनुपर्दछ । नीति राम्रो भए बीमा बजार बढ्ने छ । हामीले लिएका निर्णय र गरेका कार्यक्रमहरुले पक्कै नि बीमा बजार बढेको मात्रै छैन बीमा गर्नुपर्दछ भन्ने भावना आम नेपालीहरुमा बढ्दै गएको देखिन्छ । बीमाबाट मात्रै आर्थिक जोखिम बहन हुन्छ नि ।

० केही बीमा कम्पनीहरुले करोडौंको बदमासी गरेको समाचार आए तर, बीमा समितिले सचेत पत्र थमाएर, केही रकम मात्रै जरिवाना गरेर छुट दिने काम गरेको गुनासो पनि बजारमा आएको छ नि अध्यक्षज्यू ?
यो के हो भने केही कम्पनीले नक्कली कर्मचारीको खाताखोली बद्मासी गरेको भेटियो, मान्छे पक्राउ प¥यो मुद्दा पनि चल्यो डमी स्टाफ राख्ने गरेको भेटियो । खास गरि विदेश जानेहरुका लागि बनाएको केश देखियो । यो हामीले छानवीन ग¥यो । समाचार हामीले तपाईहरुबाटै पढ्यौ र कम्पनीलाई जरिवाना ग¥यो । सीइओलाई सचेत पत्र पनि दियौं । यो नै ठूलो कुरा हो । पैसाको कुरा ठूलो होइन । नियतको कुरा हो । त्यसकारण दण्डित गरेका छौं । फेरि यस्तो गल्ती भए सीइओलाई नै अयोग्य ठहर गर्ने काम गर्न सक्ने हामीले भनेका छौं । सीइओहरुसंग बैठक पनि गरेका छौं । गल्ती नदोहो¥याउने भन्ने कुरा पनि छ फेरि गल्ती गरे अब ठूलो कारवाही मात्रै गर्दैनौ । कम्पनीहरुको लाभाशं रोक्का देखि अरु कारवाही गर्ने योजना छ नि ।

डिपुटी सीइओ हामी चिन्दैनौ । तपाईंले भने जस्तो तरिकारले सीइओ भएका मान्छे अर्को कम्पनीमा गएका छन् । यसको कारण के हो भने हामीसंग दक्ष मान्छे नै छैन । अर्को मान्छे ल्याउदाँ बढि पैसा दिनु पर्दछ । त्यसकारण चलाखीपूर्णरुपमा सीइओ बन्न पुगेका छन् । प्रभु लाईफ, नेपाल लाईफ, नेपाल इन्स्योरेन्स मै यसरी सीइओ बनेका छन् र बन्ने प्रक्रियामा पनि छन् । हामीलाई थाहा छ । हामी यी कुरामा गहिरिएर छलफलमा छौं । उनीहरुका गल्तीमा हामी सचेत छौं । तर, डिसीइओमा जागिर नखाउ भन्ने आधार बीमा समितिमा छैन । सीइओको बारेमा मात्रै छ ।

० केही जीवन र निजीवन बीमा कम्पनीहरुमा चोरवाटोबाटै सीइओ बन्न केही व्यक्ति पुगे । केही डिपुटी सीइओ बनेर गए त कोही सल्लाहकार भए यसलाई रोक्न बीमा समितिले नसक्नुको कारण चाहि के हो ? छ महिना (कुलि· पिरियड) सीइओहरुको छ तर चाडै चोरवाटोबाट भित्र छिर्ने काम किन हुन्छ अध्यक्षज्यू ?
६ महिनाको कुलिङ्ग पिरियड भएका कारण ६ महिना सीइओ बन्नै पाइनन् । डिपुटी सीइओ हामी चिन्दैनौ । तपाईंले भने जस्तो तरिकारले सीइओ भएका मान्छे अर्को कम्पनीमा गएका छन् । यसको कारण के हो भने हामीसंग दक्ष मान्छे नै छैन । अर्को मान्छे ल्याउदाँ बढि पैसा दिनु पर्दछ । त्यसकारण चलाखीपूर्णरुपमा सीइओ बन्न पुगेका छन् । प्रभु लाईफ, नेपाल लाईफ, नेपाल इन्स्योरेन्स मै यसरी सीइओ बनेका छन् र बन्ने प्रक्रियामा पनि छन् । हामीलाई थाहा छ । हामी यी कुरामा गहिरिएर छलफलमा छौं । उनीहरुका गल्तीमा हामी सचेत छौं । तर, डिसीइओमा जागिर नखाउ भन्ने आधार बीमा समितिमा छैन । सीइओको बारेमा मात्रै छ । भविष्यमा डिसीइओको बारेमा पनि केही नीति पक्कै आउला नि ।

० तपाईंको वार्षिकोत्सव केही दिनमै आउँदैछ यसबारेमा केही भन्नु हुन्छ कि ?
मिडियाका साथीहरुले बीमा बजारको बारेमा यति धेरै प्रचार गरिदिनु भयो । यो नै मेरो लागि महत्वपूर्ण पक्ष हो । यसले बुद्धिजीवी वर्गमा बीमा बारे छलफल हुने गरेका देखिन्छ । बीमा बजार पनि बढेको छ आज ४० प्रतिशत भन्दा माथी बीमा बजार पुगेको देखिन्छ । त्यसकारण मिडिया वर्गलाई म धन्यवाद दिन्छ । बीमा बजारका बारेमा १ वर्ष बीचमा आएका समाचार र जनचेतनाले बीमा बजार २६÷२७ प्रतिशतबाट ४०÷४५ प्रतिशत पुग्यो । यो अत्यन्तै सकारात्मक पक्ष हो । अर्को पक्ष के छ भने हामी गाउँपालिका, नगरपालिका सम्म पुगेका छौं यसले राम्रो सन्देश गएको छ । ५ वटा प्रदेशमा बीमा समितिले नै जनचेतनाका कार्यक्रम ग¥यो । कणाली प्रदेशमा सबैको बीमा भएको छ ।

मिडियाकै समाचारले बीमा कम्पनीहरुमा सुशासन कायम गर्न हामीलाई सजिलो भयो । कतिपय हामीले नबुझेका कुरा मिडियामा आए हामीले स्थलगत निरीक्षणनै गरेर छानवीन ग¥यो र कारवाही पनि गरेको अवस्था छ । १ वर्षमा २ पटक स्थलगत निरिक्षण बीमा समितिले गरेका छ । हामीले भनेका छौं गल्ती फेरि भए हामी कडा कारवाही गर्नेछौं भनेर पत्र पनि बीमा कम्पनीहरुलाई दिएको अवस्था छ । बीमा सबैले गर्नुपर्दछ । जोखिम बहन यसबाटै हुने हो चन्दा दिएर हुँदैन । यो वचत हो भन्ने बुझ्नु पर्दछ । अप्ठ्यारोको साथी बीमा नै हो । राज्यले पनि जोखिम कम गर्न बीमा बजार विस्तार गर्न र बीमा बजार बुझ्न जरुरी देखिन्छ । सचेत भया । (आर्थिक बजार मासिकबाट साभार गरिएको)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका