

यस दसैँमा नमस्ते पेमार्फत घरबाट फर्किने उडान टिकट बुक गर्ने यात्रुलाई क्यासब्याक प्रदान गर्ने उद्देश्यले नयाँ अभियान सुरु गरेको छ ।
जस अन्तर्गत नमस्ते पे मार्फत आफ्नो उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै २ सय रुपैयाँको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यो अभियान १ कार्तिक २०८० देखि सुरु हुँदैछ । यात्रुहरूले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नुपर्दैन । क्यासब्याक प्राप्त गर्न यात्रुहरूले नमस्ते पे मार्फत आफ्नो उडान टिकट खरिद गर्नुपर्नेछ। २०० रुपैयाँको क्यासब्याकका साथसाथै, प्रत्येक उडानकर्ताले ५०० एमबी डेटा प्याक र अभियान अवधिको अन्त्यमा १ भाग्यशाली यात्रुले आफ्नो अर्को खरिदमा ५० प्रतिशत छुट पाउनेछन् ।
नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट खरिद गर्न सक्नेछन् । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।