जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • हकप्रद जारी गरेर पुँजी बढाउँदै एनएलजी इन्स्योरेन्स

हकप्रद जारी गरेर पुँजी बढाउँदै एनएलजी इन्स्योरेन्स

एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद जारी गर्ने प्रस्तावसहित साधारणसभा डाकेको छ। बुधबार कम्पनीको संचालक समितिले चुक्ता पुँजी वृद्धि गर्नका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो। सभा साउन १५ गते आम्रपाली बैंक्वेट बालुवाटारमा हुनेछ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। जसअनुसार प्रत्येक एक कित्ता सेयर हुनेहरुले ०.६६ कित्ताका लागि आवेदन दिन पाउने छन्।

हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पुँजी वृद्धि भएर २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ। नेपाल बीमा प्राधिकरणले तोकेको २ अर्ब ५० करोड चुँक्ता पुँजी अझै पुग्दैन। अपुग पुँजी भने कम्पनीले चालु आव २०७९/८० को नाफाबाट बोनस सेयर जारी गरेर पूर्ति गर्ने कम्पनीका सूचना अधिकारी नौमीनाथ अधिकारीले जानकारी दिए।

प्रबन्धपत्र तथा नियमवालीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरबदल गर्नुपर्ने भएमा संचालक समितिलाई अख्तियारी दिने कम्पनीले जनाएको छ।
सभा प्रयोजनको लागि कम्पनीले साउन ८ गते एक दिन बुक क्लोज हुने भएको छ।

3530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका