जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ‘मसँग दुई/अढाई करोडको पोर्टफोलियो छ

‘मसँग दुई/अढाई करोडको पोर्टफोलियो छ

पछिल्लो समय केन्द्रिय बैंकसँग धेरैको ठूलो अपेक्षा छ । कोरोनाकालमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् केही रिल्याक्सेसन दिएपछि मानिसहरुको राष्ट्र बैंकप्रति बढी अपेक्षित बने । तर, त्यस्तो होइन । राष्ट्र बैंकको पनि आफ्नै दायरा छन् । केन्द्रिय बैंक के हो ? यसको मेन्डेट के हो ? यसका सीमाहरु के–के हुन् ? यस विषयमा सबैले स्पष्ट हुन जरुरी छ । आर्थिक स्थायित्व कायम गर्ने, मूल्य स्थीरता कायम गर्ने, वित्तीय क्षेत्रको स्थायित्व र सरकारले लिएका आर्थिक एजेण्डाहरु कार्यान्वयन गर्ने काम केन्द्रिय बैंकको हो । यो काम राष्ट्र बैंकले गरिरहेको छ । अनावश्यक रुपमा मुद्रास्फिति बढ्न नदिनका लागि केन्द्रिय बैंकले नीति लिन्छ । सरकारले रोजगारी बढाउने, अर्थतन्त्रको विकार विस्तार गर्ने, बजार चलायमान गराउने र निजी क्षेत्रसँग समन्वय गराउन वित्तीय नीतिमार्फत् काम गर्छ । तर, त्यो काम केन्द्रिय बैंकको होइन । केन्द्रिक बैंकले वित्तीय प्रणालीमा प्रयाप्त रुपमा तरलता उपलब्ध गराउने हो । मार्केटलाई लिक्विड गराउने हो । आर्थिक वृद्धि र रोजगारी सिर्जना वित्त नीतिले नै गर्ने हो ।

तर, राष्ट्र बैंक समक्ष मान्छेहरुका अपेक्षा बढे । पछिल्लो समय अधिकांशले सेयर बजारको घटबढको कारक राष्ट्र बैंकको नीतिलाई लिए । मेरो अनुरोध छ, राष्ट्र बैंकलाई सेयर बजारसँग नजोडिदनुस् । १८ सय, २ हजार, ३२ सयको इन्डेक्सलाई राष्ट्र बैंकको नीतिसँग जोड्नु हुँदैन । जोड्नु छ भने नेपाल धितोपत्र बोर्ड, नेप्सेसँग जोड्नुस् । राष्ट्र बैंकले लिएका नीतिहरु उत्पादनशील क्षेत्रमा कसरी ऋण परिचालन गर्न सकिन्छ भन्ने नै हो । त्यसमा पनि हामीले सेयर बजारमा ऋण प्रवाह बन्द गरेका छैनौं । एउटा व्यक्तिले १२/१५ करोडको ऋण लिनु भनेको धेरै हो । यो रकम भनेको सानो होइन । ऋणले सेयर बजार बढाउने होइन । सेयरका लागि फण्डामेन्टल एनालायसिस आवश्यक हुन्छ । अर्थतन्त्र सबल हुँदा माथि जान्छ । कमजोर भएको बेला घट्छ । यसलाई अन्यथा लिनु हुँदैन । सेयर लगानीकर्ताले बैंकको भर पर्नु हुँदैन । हामीले धेरै क्षेत्रहरुलाई प्राथमिकतामा राख्नु पर्नेछ । बैंकले जलविद्युत, पर्यटन तथा पूर्वाधार लगायत क्षेत्रहरुमा लगानी बढाउनु पर्नेछ । त्यसैले बैंकको ऋणमा लगानीकर्ताले भर पर्नु हुँदैन । ऋणको भर पर्नु भयो भने यस्तै उतारचढाव भइरहन्छ ।

ऋण नपाइँदा सेयर बजार घट्नु भएन । राष्ट्र बैंकलाई यसमा दोष दिनु हुँदैन, लिंक गर्नु हुँदैन । यहाँ कतिपय मान्छेले धेरैलाई फसाएका छन् । आफु जोगिनका लागि एर्कालाई आरोप लगाइरहेका छन् । कति मान्छेहरुले बाठा कुरा गरेर बिकिरहेका छन् । उनीरुले राष्ट्र बैंकलाई दोष लगाएर आफु उम्किन खोजिरहेका छन् । १५ करोडको सीमा सानो फिगर हो ? भारतीय केन्द्रिय बैंकले १० लाख रुपियाँको मात्रै सिलिङ तोकेको छ । राष्ट्र बैंकको नीतिलाई दोष दिएर गाली गर्नु भनेको आत्मसन्तुष्टि लिनु मात्रै हो ।

यहाँ आफु डुबेपछि अर्कालाई दोष लगाउने परिपाटी छ । अर्थतन्त्र राम्रो चल्यो भने यो इन्डेक्स के हो र ? आफै माथि जान्छ । धेरै देशको सेयर बजारको इन्डेक्स कति माथि पुगेको हुन्छ । कम्पनीहरुले राम्रो लाभांश दिने वित्तिकै सेयर बजार आफै बढ्छ । नेपालमा पनि १५ सय प्रतिशत लाभांश दिने कम्पनीहरु छन् । ती कम्पनीहरुको सेयरमूल्य पनि उच्च छ । भोलि सबै कम्पनीहरुले त्यस्तै लाभांश दियो भने इन्डेक्स अवश्य नै बढ्छ । त्यसमा बैंकले दिने ऋणले कुनै प्रभाव पर्दैन । कम्पनी राम्रो हुने वित्तिकै सेयर बजार बढ्छ ।

कहिले काहिँ राजनीतिक नेतृत्वले पनि मलाई फोन गर्नु हुन्छ । उहाँहरुले फोन गर्नु पनि स्वभाविक हो । राजनीतिक नेतृत्वले कार्यकर्ताको कुरा सुन्नु पर्छ । उहाँहरुले भन्नु पनि पर्छ । तर, हामीले सही वा कस्तो सल्लाह भनेर बुझेर निर्णय लिने हो । यहाँ मासले भनेको आधारमा कतिपय नीति बन्छन् । त्यो गलत हो । माइतीघरमा भएको धर्नाको भरमा नीति परिवर्तन गरेकोले पछि त्यसको ठूलो प्रभाव पर्छ । यो विषयलाई पनि मनन् गर्नु पर्छ । आफुले सही गरेको छ कि छैन भनेर आत्मसमीक्षा गर्नु पर्छ । मासले भन्यो भन्दैमा निर्णय लिनु हुँदैन ।

मासले धेरै कुरा गाइड गर्छ । तर, म आफु सही ठाउँमा छु । मेरो ड्युटी सही रुपले गरिरहेको छु । मलाई कसैले गाली गर्यो, आलोचना गर्यो भनेर म काउन्टर गर्दिनँ । संस्थाले गरेको काम पुनर्विचार भने गर्नु पर्छ । गरेको काम रिभिजिट गर्नु पर्ने हुन्छ । तर, मासले जे भन्यो त्यही गर्यो भने पछि ठूलो असर पर्न सक्छ ।

अहिले राष्ट्र बैंकसँग धेरैको आक्षेप र अपेक्षा धेरै छन् । आक्षेप पोजिसनमा भएकोलाई आउँछ । हामी अधिकांश निर्णय सामुहिक रुपमा गर्छौं । राष्ट्र बैंकले समग्रतामा हेर्नु पर्छ । सबै क्षेत्रको विकास र विस्तार हुनु पर्छ भन्ने कोणबाट राष्ट्र बैंकले काम गर्छ । तर, केही क्षेत्रका मान्छेहरुले यो काम भएन, त्यो काम भएन, यस्तो हुनु पथ्र्यो, यस्तो भयो भन्ने खालका टीप्पणी गर्नु हुन्छ । तर, हामीले सबै क्षेत्रलाई सन्तुलित रुपमा अगाडि बढाउने हो । केहीले हामीलाई गाली पनि गर्छन् । हामीले त्यसलाई स्वभाविक रुपमा लिन्छौं ।

हुन त म सेयर बजारको विषयमा विज्ञ होइन । मैले आफै पनि फोर्स सेभिङ गरेको छु । सिए पढेर आउँदा मैले पनि केही लगानी गरेको थिएँ । राष्ट्र बैंकमा आएपछि स्वार्थ बाझिने बाहेक क्षेत्रमा लगानी पनि गरेको छु । मसँग दुई/अढाई करोडको पोर्टफोलियो होला । तर, अहिले कामको व्यवस्तताले नियमित पोर्टफोलियो हेर्ने समय हुँदैन । गभर्नरका रुपमा रिटायर्ड भएपछि हेर्नु पर्ला ।

(गभर्नर अधिकारीले ‘बिएन पोडकाष्ट’ मा राखेकाे धारणाको सम्पादित अंश)

1065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका