जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • जापानको प्रख्यात खाना ‘बेन्तो’ नेपाल भित्रियो

जापानको प्रख्यात खाना ‘बेन्तो’ नेपाल भित्रियो

भाटभटेनी सुपर मार्केटसँगको सहकार्यमा जापानी खाना ‘बेन्तो’ नेपाली बजारमा भित्रिएको छ। होक्काइदो रामन हाउसले ल्याएको बेन्तो भाटभटेनीमा बिक्री हुनेछ।

‘बेन्तो’ जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानीकै निगरानीमा नेपालमा तयार पार्छन्। यसमा प्रयोग हुने तरकारीहरू आफ्नै बारीमा फलाइन्छ।

आजदेखि बिक्री शुरू हुने बेन्तो हाललाई ५ विभिन्न किसिमका हुने छन्। अहिलेलाई नक्सालको भाटभटेनीमा उपलब्ध हुनेछ।

बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट संचालन गरी काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका अन्य शहरी क्षेत्रमा बिक्री गरिने विज्ञप्तिमा उल्लेख छ। होक्काइदो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले जापानी खानाको सौन्दर्यलाई कायम राखिएको बताए।

‘बेन्तो’ भन्नाले एक जनालाई पुग्ने  खाना पसल र रेष्टुराँबाट ‘टेक आउट’ अथवा  घरमै बनाएर पनि बाहिर बोकेर लान मिल्ने खाना बुझिन्छ। बेन्तोमा प्राय भात, नुडल, माछा, मासु, पकाइएको तरकारी र अचार बनाइएको तरकारीहरू समावेश गरिएको हुन्छ।

10585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका