जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • शिखर इन्स्योरन्स कम्पनीको १९ औं वार्षिक उत्सवको अवसरमा ३ दिने राष्ट्रव्यापी रक्तदान कार्यक्रम सम्पन्न

शिखर इन्स्योरन्स कम्पनीको १९ औं वार्षिक उत्सवको अवसरमा ३ दिने राष्ट्रव्यापी रक्तदान कार्यक्रम सम्पन्न

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपाल रेडक्रस सोसाईटीको सहयोगमा कार्तिक २१ देखि २३ गतेसम्म ३ दिने राष्ट्रव्यापी रुपमा भएको रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । साथै उक्त कार्यक्रमबाट १०६० पिन रगत संकलन भएको छ ।

कम्पनीले कार्तिक २१ गते बागमती प्रदेश उपत्यका बाहिर नौबिसे र चनौलीमा, गण्डकी प्रदेशको कावासोतीमा, कोशी प्रदेशको विराटनगर, इटहरी र विर्तामोडमा उक्त कार्यक्रम गरेको थियो ।

येस्तै गरि कार्तिक २२ गते बागमती प्रदेश उपत्यका बाहिर धादिंग, टाँडी र हेटौडा, बागमती प्रदेश उपत्यका भित्र भक्तपुर र गोंगबुमा, सुदूरपश्चिम प्रदेशको धनगढीमा, लुम्बिनी प्रदेशको दाङ र बुटवलमा, र गण्डकी प्रदेशको पोखरामा रक्तदान कार्यक्रम गरेको थियो ।

येस्तै गरि कार्तिक २३ गते बागमती प्रदेश उपत्यका बाहिर नारायणगढ़ र नुवाकोटमा, बागमती प्रदेश उपत्यका भित्र काठ्माण्डौको केन्द्रिय कार्यालय र लुभुमा, कर्णाली प्रदेशको सुर्खेतमा, मधेश प्रदेशको लहानमा रक्तदान कार्यक्रम गरेको थियो ।

रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटीले रक्तदान कार्यक्रम आयोजना गरेको कदर स्वरुप प्रसंसा पत्र प्रदान गरेको थियो ।

2340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका