जोडिनुहोस
शनिबार, असार १३, २०८३
शनिबार, असार १३, २०८३
  • होमपेज
  • डिजिटल कारोबार आकर्षित गर्न ग्लोबल आइएमई बैंक आक्रामक, तिहारमा यस्तो अफर

डिजिटल कारोबार आकर्षित गर्न ग्लोबल आइएमई बैंक आक्रामक, तिहारमा यस्तो अफर

ग्लोबल आइएमई बैंकले तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक दिने भएको छ।

बैंकका डेबिट वा क्रेडिट कार्ड भएका ग्राहकहरुले नेपालभरका पस मेसिनमा एकहजार वा सो भन्दा बढिको कम्तीमा ३ वटा कारोबारमा ३०० अथवा ५ वटा कारोबारमा ५०० क्यासब्याक पाउने बैंकले जनाएको छ। यो योजना कात्तिक २५ गते कागतिहारदेखि कात्तिक २९ भाइटीकासम्म रहेको छ। बैंकको मोबाइल बैंकिङ एप-ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुले कागतिहारदेखि भाइटीकासम्म बेलुका ५ बजे देखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड तिहार लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा ३०० सम्म क्यासब्याक पाउने बैंकले विज्ञप्तिमार्फत जनाएको छ।

3745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका