जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • यस्तो बन्यो सूर्यज्योति लाइफको लोगो, मर्जरको सम्पुर्ण प्रकृयाँ सकियो

यस्तो बन्यो सूर्यज्योति लाइफको लोगो, मर्जरको सम्पुर्ण प्रकृयाँ सकियो

सूर्या लाइफ र ज्योति लाइफ मर्जर भएर भोलिदेखि संयुक्त कारोबारको शुभारम्भ गर्दै गरेको सूर्यज्योति लाइफको लोगो सार्वजनिक भएको छ । नयाँ बनेको लोगोको रङ्गमा साविक दुई कम्पनीकै रङ्गलाई संयोजन गरिएको छ । साविक सूर्यामा सूर्यलाई नै विभिन्न कोड हालिएको थियो । जसमा पहेलो रङ्ग उल्लेख थियो । त्यस्तै साविक ज्योति लाइफको अगाडीको अक्षरमा निलो रङ्ग प्रयोग भएको थियो ।

अहिले तयार भएको नयाँ लोगोमा सुरुमा सर्यको संकेत रहेको छ भने अक्षरमा रहेको सूर्ययोति निलो रङ्गमा उल्लेख गरिएको छ । लोगोमा ‘सूर्यज्योति जीवनको लागि’ भनेर उल्लेख छ ।

भोलिदेखि दुबैले संयुक्त कारोबार गर्दै छन् । नेपालको जीवन बीमा क्षेत्रकै पहिलो मर्जरको इतिहास बनाउन सफल सूर्यज्योतिको सम्पुर्ण विवरणहरु साविक सूर्या लाइफको हुनेछ । कम्पनी रजिष्ट्रारको कार्यालयले सूर्या लाइफले ज्योति लाइफलाई गाभ्ने गरी स्वीकृति प्रदान गरेको हुँदा कम्पनीको ठेगाना साविक सूर्या लाइफकै रहनेछ । भोलिका दिनम कम्पनीको वार्षिकोत्सव मनाउदा सूर्या लाइफलाई नै आधार मानिनेछ ।

दुबै कम्पनीले भोलिदेखि संयुक्त कारोबार गर्ने प्रयोजनका लागि आज एकदिन सम्पुर्ण सेवा अवरुद्ध गरेका छन् । आज डेटा माइग्रेसनको काम भइरहेको छ । भोलि भव्य समारोहका विचमा संयुक्त कारोबारको शुभारम्भ हुने कम्पनीले जनाएको छ ।

1755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका