जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कृषि क्षेत्रकै पहिलो आईपीओमा आवेदन खुल्यो

कृषि क्षेत्रकै पहिलो आईपीओमा आवेदन खुल्यो

मुक्तिनाथ कृषि कम्पनी लिमीटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निश्कासन गरेको छ ।

यो कम्पनी कृषि क्षेत्रमा काम गर्ने देशकै पहिलो पब्लिक कम्पनी पनि हो । मुक्तिनाथ विकास बैंक, क्यापिटल लगायतका प्रमोटरहरुकै लगानीमा यो कम्पनी स्थापना भएको हो ।

यो कम्पनी कृषि क्षेत्रबाट आईपीओ जारी गर्ने देशकै पहिलो कम्पनी पनि हो ।

आज(मंसिर ८ गते) देखि बिक्री खुल्ला भएको यो कम्पनीको आइपीओमा छिटोमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिन्छ ।
कम्पनीले ११ लाख ४८ हजार कित्ता सेयर रु. १०० का दरले बिक्री खुलाएको हो ।

कुल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीले २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन प्रक्रिया अगाडि बढाएको थियो ।

कुल १४ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकिएको छ ।

यस्तै, कुल निश्कासन हुने कित्ताको ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता म्युचुअल फण्डहरुका लागि, ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

यो कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ । प्रमोटरहरुबाट ५६ करोड जम्मा भइसकेको छ भने आइपीओपछि कुल चुक्तापूँजी ७० करोड हुनेछ ।

कम्पनीमा संस्थापक र साधारण सेयरधनीको सेयर हिस्सा अनुपात ८०ः२० प्रतिशत हुनेछ ।

670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका