जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • एनएलजीका सुनिल बल्लभको कार्यकाल दोहोर्याउन बीमा समितिले दियो स्वीकृति

एनएलजीका सुनिल बल्लभको कार्यकाल दोहोर्याउन बीमा समितिले दियो स्वीकृति

बीमा समितिले एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तको कार्यकाल थप्नको लागि स्वीकृति प्रदान गरेको छ । पन्तलाई थप एक कार्यकालका लागि अनुमति दिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

पन्तको दोस्रो कार्यकाल यहि असोज १९ गतेदेखि सकिदैछ । कम्पनीले पन्तलाई २०७५ असोज १९ गतेदेखि चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । कम्पनीले पहिलो कार्यकाल सकिए सँगै दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय बीमा समितिमा पेश गरेको थियो ।

गत साता बसेको सञ्चालक समितिले पन्तलाई दोहोर्याउने निर्णय गरेको थियो । बीमा समितिले कम्पनीको उक्त प्रस्तावलाई आज स्वीकृति प्रदान गरेको हो । बीमा समितिले स्वीकृति प्रदान गरे सँगै कम्पनीको सञ्चालक समितिले विधिवत रुपमा नियुक्त गर्न सक्नेछ । पन्त बीमा क्षेत्रको अब्बल सिइओ भित्र पर्छन् । उनि नेपाल पुनर्बीमा कम्पनीको पनि सञ्चालक हुन् । पन्त नेपाल बीमक संघको कार्यसमिति सदश्य हुन् ।

 

1535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका