जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • मुक्तिनाथ कृषि कम्पनीको आईपीओ मंगलबार आईपीओ बाँडफाँट हुँदै, सेयर पाउन गोलाप्रथा

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ मंगलबार आईपीओ बाँडफाँट हुँदै, सेयर पाउन गोलाप्रथा

मुक्तिनाथ कृषि कम्पनीलेआगामी मंगलबार अर्थात् मंसिर १९ गते आईपीओ बाँडफाँट गर्ने भएको छ ।
धितोपत्र निष्कासन तथा एनआईएमबि एस क्यापिटलका अनुसार मंगलबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गर्ने मिति तय भएको छ ।

कम्पनीले गत मंसिर ८ देखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीकोआईपीओमा अन्तिम दिनसम्ममा साढे १२ गुणा आबेदन परेको थियो। सीडीएसीका अनुसार १३ लाख २२ हजार ९९४ जना आबेदकहरुबाट १ करोड ४३ लाख २८ हजार १८० कित्ता सेयर माग भएको छ ।

मागभन्दा बढी आबेदन परेकाले गोलाप्रथाद्वारा आईपीओ बाँडफाँट गरिने बिक्री प्रबन्धकले बताएको छ ।

5580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्