जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • जीवनलाई हत्केलामा राखी अफिस खोलेर सेवा दिएका छौं

अन्तरवार्ता

जीवनलाई हत्केलामा राखी अफिस खोलेर सेवा दिएका छौं

सरोजकाजी तुलाधर, अध्यक्ष , नेपाल वित्त कम्पनी संघ एवं सीइओ गुडवील फाइनान्स कम्पनी लिमिटेड

जीवनलाई हत्केलामा राखी अफिस खोलेर सेवा दिएका छौं

सरोजकाजी तुलाधर चिनाई राख्नु पर्ने नाम होइन । आर्थिक र वित्तिय प्रणालीलाई अत्यन्तै नजिकबाट बुझेका तुलाधर फाइनान्स कम्पनीहरुको छाता संस्था नेपाल वित्त कम्पनी संघका अधयक्ष छन् । करिब ३ दर्शक वित्तिय क्षेत्रमा विताएका तुलधार निडर स्वभाव र स्वच्छ छवि भएका अर्थ विज्ञहरुको सूचिमा पर्ने बैंकर भित्र पर्दछन् । उनीको नेतृत्वमा रहेको गुडवील फाइनान्स कम्पनी लिमिटेड नम्बर वान बनाउने नेतृत्व लिएका तुलाधर सालिन र सोचेर निर्णय गर्ने युवा बैंकरहरुको सूचि भित्र पर्ने नाम भन्न अब पछि पर्नु हुदैन ।

नेपाल अहिले पूर्ण रुपमा लकडाउन छ । नेपाली जनता घर भित्रै छन् । नेपालमा कोरोना भाईरसका केही संकेत देखा परेको अवस्था छ । यो महामारी वीच बैंक, विकास बैंक र वित्तिय संस्था अत्यावश्यक भित्र पर्ने वस्तु भएकै कारण सेवा प्रदान गरिरहेका छन् । नेपालका फाइनान्स कम्पनीहरुले कसरी सेवा दिएका छन् । चुनौती कस्ता छन् । कर्मचारीहरुको स्वास्थ्य अवस्था के छ ? कारोबार कस्तो भएको छ । लकडाउको असर वित्तिय संस्थामा कस्तो होला । लकडाउनबाट अब कस्तो पाठ सिकने यी र यस्तै विषयमा गुडवील फाइनान्स कम्पनी लिमिटेडका सीइओ एवं नेपाल वित्त कम्पनी संघका अधयक्ष सरोजकाजी तुलाधरसंग संम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० अध्यक्षज्यू यो विशम र अप्ठ्यारो अवस्थामा नेपालका फाइनान्स कम्पनीहरुले कस्तो सेवा दिएका छन् ?
हामीले समय अनुसारको सेवा दिएका छौं । सबै फाइनान्स कम्पनीहरुका अफिस खुलेका छन् । अत्यावश्यक सेवा भित्र पर्ने सेवा भएकाले सेवा दिने दायित्व हाम्रो हो । त्यो पूरा गरेका छौं ।

० सेवा दिएको बताउँनु भयो कर्मचरीहरुको स्वास्थ्य सुरक्षा बारे चाही के सोच्नु भएको छ त ?
यो विषम अवस्थामा सेवा दिने हामी सबैको दायित्व हो । त्यो पूरा गरेका छौं । अर्को कुरा स्वास्थ्य कुरा उठाउनु भयो । रोगथामका सबै उपाय अपनाएका छौं । माक्स सेनिटाईजर, पञ्जाको व्यवस्था सबैले गर्नु भएको छ ।

० लकडाउनको १ महिना पुगेका अवस्था छ यो बेला कस्तो कारोबार भएको छ त ?
२५ प्रतिशतको हाराहारीमा मात्रै कारोबार भएको अवस्था छ । हाम्रो गुडवील फाइनान्सले चाही घर पुगेर नै ग्राहकलाई सेवा दिएको छ ।
लकडाउनले घर बाहिर ननिस्केका हाम्रा ग्राहकलाई उहाँहरुको घरमा नै पुगेर गुडवील फाइनान्सले पैसा दिएको अवस्था छ । अरु फाइनान्स कम्पनीहरुले पनि यो विषम र अप्ठ्यारो अवस्थामा जीवनलाई हत्केलामा राखी अफिस खोलेर सेवादिनु भएको छ । यो विपतमा हामीले नगरे कसले गर्ने । भूपेन्द्रजी हामी पनि यहि समाजका मान्छे यहि समाजलाई हामीले केही गर्नु पर्दछ भन्ने भावना हामीलाई छ ।

० यस्तो कठिन र विशम अवस्थामा डिपोजिटका व्याजदर किन घटाउनु प¥यो त अध्यक्षज्यू ?
हो बैंक विकास बैंकले ब्याजदर घटाएको अवस्थामा हाम्ीले पनि घटाएको छौं । हाम्ीले फिक्स डिपोजिटको व्यक्तिगत तर्फ ९.५ प्रतिशत र संस्थागत तर्फ ८.५ प्रतिशत घटाएका छौं । किन भने कस्ट फण्ड घटेपछि कर्जाको व्याजदर घट्ने छ । अब हामी कर्जाका व्याजदर पनि घटाउने पक्षमा छौं ।

० मलाई प्रस्टै भनिदिनुहोस् राष्ट्र बैंकले ग्राहकका लागि ल्याएको १९ बुद रहातले पुग्दछ कि अर्को राहत आउन जरुरी छ ?
यो पहिलो चरणमा आएको राहत प्याकेज हो । लकडाउन लम्बिएपछि फेरि अरु केही गर्नुपर्ने आवस्था देखा परेको चाहि छ । राष्ट्र बैंकले यसबारेमा एउटा कमिटी नै बनाएको सुनेको छु । यसले सबै पक्षसंग छलफल गरि थप राहतका कार्यक्रम ल्याउनु जरुरी छ । यसले पुग्दैन, यो प्रस्टै छ । अर्को कुरा लकडाउन कति समय लम्बिने हो । यसमा भर पर्ने देखिन्छ ।

० गुडवील फाइनान्स कम्पनी लिमिटेडले राज्य कोषमा चाहि कस्तो सहयोग गरेको छ नि ?
हामीले निर्णय गरिसकेका छैनौ । कुनै पनि फाइनान्स कम्पनीहरुले अहिले निर्णय गरेको अवस्था चाहि छैन । यो लकडाउन कति लम्बिने हो । यो अदृश्य शक्तिबाट आएको रोगले कस्तो रुप लिने हो । यसको अध्ययन गरि हामी निर्णय लिने नै छौं । प्रस्टै भन्दा हामी पर्ख र हेर कै अवस्थामा छौं ।

 

० यो लकडाउनले वित्तिय क्षेत्रमा चाहि कस्तो असर गर्ला त अध्यक्षज्यू ?
यसले सबै पक्षलाई असर गर्ने देखिन्छ । पर्यटन, होटल, रेष्टुरेण्ट, एयरलाइन्समा लकडाउनले सबैभन्दा बढि क्षती पु¥याएको छ । यीबाट आश्रित परिवारलाई ठूलो असर देखिन्छ । उद्योगधन्दा बन्द छन् । त्यसकारण राज्यले चाडो रोग फैलिएको ठाउँमा ¥यापिट टेष्ट गरी अगाडी बढ्नुपर्दछ र रोगथाममा ध्यान दिनु पर्दछ नि ।

० लकडाउनबाट अब के पाठ सिक्न सकिन्छ ?
पहिलोकुरा त यो अदृश्य शक्तिबाट आएको रोग चाँडो अन्त्य होस् । जसले जहाँ काम गरेको छन् । त्यहाँ चाँडो काम गर्ने वातावरण बनोस् । र अर्थतन्त्रलाई फेरि फलाउने फूलाउने काम होस् ।

० अध्यक्ष ज्यू नेपाल आएका लाखौ जनशक्ति र गाउँ पुगेका जनशक्तिलाई के भन्नु हुन्छ ?
पहिलो कुरा हामी सबैले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले दिएका सबै निर्देशन पालना गरौं, घर भित्रै बसौ । अर्को कुरा परिवासंग रहनु भएको होला । यो खेतीपातीको सिजन भएका कारण सोसल डिस्टेन्स कायम गरौं । कृषिका काम गरौं । बालीनाली लगाऔं । पोकेका बाली भित्र्याउ, परिवारसंगै रमाएर बसौ ।

० यसले अर्थतन्त्रमा कस्तो असर गर्ला त ?
असर सबै पक्षमा भएपछि सिधै अर्थतन्त्रमा पर्ने त निश्चित छ । सबै भन्दा ठूलो कुरा सरकारले ¥यापिट टेष्ट चाँडो गर्नु प¥यो र चाडो काममा फर्कर्ने वातावरण बनाई दिनु प¥यो नि ।
अर्को पक्ष केछ भने अहिले भनेको अर्थतन्त्र भन्दा पनि स्वास्थ्यको कुरा ठूलो छ । त्यसकारण रेडजोन क्षेत्रलाई सिज गरि चाडो ¥यापिट टेष्ट गरी नतिजा ल्याउनु प¥यो । अरु कुरा त मान्छेले गर्ने गर्ने हो । त्यो गर्न सकिन्छ । नाफा कमाउला, व्यापार गरौला । अरु के हो सबै गरौला तर, मानव जीवन बचाउनु हामी सबै लाग्नु पर्दछ । मानव नै नरहे अरु किन चाहियो र भूपेन्द्रजी ।

० अध्यक्षज्यू यो बेला घरमा बसेमा लाखौं ग्राहकले के गर्दा उचित होला ?
मैले अगाडी भनिसके राज्य र विश्व स्वास्थ्य संगठनले दिएको सबै निर्देशन पालना गरौं । अर्को कुरा डिजिटल बैकिङ्गका कुरा सिकौं । डिजिटलले फड्को मारेका अवस्था भए पनि ठूलो जनसख्या यो छैन्, पु¥याउने प्रयास गरौं र नयाँ नयाँ कुरा सिकौं र जीवनलाई सहज बनाउँदै लकडाउन पालना गरौ ं।

रोगथामको प्रयास सरकारले मात्रै गर्न सक्दैन । त्यसकारण तपाई हामी सबैले एकजुट भएर यसबाट बच्ने र परिवार, समाज र देश बचाउने काम गरौं । अरु आर्थिक पक्ष तपाई हामी रहे फेरि गर्न सकिन्छ । म आशावादी छु । मानव रहे अरु चीजको त फेरि अवसर आउने नै छन् । भूकम्प पछि पनि हामीले प्रगति गरेका उदाहरण छन् नि ।

14455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका